हिपमत डटकम

शुक्रबार, मंसिर १०, २०७८ || 482  पटक पढिएको

बीरगंज । पर्सा जिल्लाबाट नेता राजकुमार गुप्ताले नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् । नेता गुप्ताले मधेसी तर्फबाट उम्मेदवारी दिन लागेका हुन् ।

२०४२ सालदेखि राजनीतिमा लागेका नेता गुप्ता शिक्षा प्रेमी , मिलनसार र विकासवादी नेताका रुपमा चिनिन्छन् । उनी विद्यार्थी जीवनकाल देखि नै राजनीतिमा लागेका हुन् । २०४२ सालदेखि राजनीतिमा लागेका नेता गुप्ताले २०४२ साल मै श्री जिल्ला उचाङन् रामदेव कलवार माध्यमिक विद्यालय पोखरीयाका प्रा क अध्यक्ष हुनुहुन्थ्यो। नेता गुप्ताले २०५१ सालदेखि एमाले युवा संगठन युवा संघ नेपालमा आवद्ध भए । युवा संघको एक कार्यकाल पर्सा जिल्ला कोषाध्यक्ष भएर संगठन निर्माणमा जुटेका युवाहरुको नेतृत्व गर्दै युवा संघ नेपालको कार्यकाल बिताए ।

नेता गुप्ताले युवा संघ नेपालको कार्यकाल बिताई २०६७ सालदेखि पार्टीको क्षेत्रिय अध्यक्ष भए । २०७० सालको संसदीय चुनावमा विपक्षी पार्टीका नेतालाई ६००० भोटले पराजित गर्दै सबिधान सभा सदस्य हुनु भयो । २०७० साल मा पर्सा जिल्ला नेकपा एमालेका जिल्ला कमिटी सदस्य भए । नेता गुप्ताले पर्साको क्षेत्र नं ३ बाट प्रत्यक्ष निर्वाचित भई विवादरहीत संबिधान सभा सदस्यको परिचय बनाए । पछि नेकपा एमाले र नेकपा माओवादीबीच पार्टी एकता हुँदा केन्द्रिय सदस्य बने । मधेसी तर्फबाट केन्द्रिय सदस्यमा उम्मेदवारी दिएका नेता गुप्ता संबिधान सभा सदस्य भइसकेका र केन्द्रमा परिचित अनुहार हुन ।

एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा मधेसी तर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनु भएको छ।
एमाले महाधिवेशनमा युवामा आशा जोगाउने र पार्टी प्रति भरोसा दिलाउने खालका नेता हुन् । संविधान सभा सदस्य राज कुमार गुप्ता लोकतान्त्रिक मधेसी संगठन का माहासचीव र प्रदेश कमिटी सदस्य हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!