सोमबार, फाल्गुण ०५, २०७६ || 722  पटक पढिएको

दिल्ली विधानसभा चुनावमा महिला मतदाताको अपार समर्थन र महिला नेतृको उत्कृष्ट प्रदर्शनका कारण आम आदमी पार्टी(आप)ले ७० मध्ये ६२ विधानसभा सिटमा जित हालिस गर्यो । सीएसडीएसले गरेको एक सर्वेक्षण अनुसार दिल्ली विधानसभा चुनावमा आपको जितमा सबैभन्दा ठूलो भूमिका महिला मतदाताको समर्थनले काम गरेको थियो ।

यो चुनावमा महिलाको समर्थनपछाडि चुनावको कैयौं अपेक्षा बढी थियो । चुनावको अघिल्लो साँझ सम्पन्न सर्वेक्षणका अनुसार ४९ प्रतिशत पुरुषका अनुपातमा ६० प्रतिशत महिलाले आम आद्मी पार्टी(आप)लाई मत दिने बताएका थिए ।

यसअघि सन् २०१५को चुनावको तुलनामा आपको विधानसभा सिट संख्यामा कमी आएको छ । जबकि महिला विधायकको संख्यामा वृद्धि भएको छ । सन् २०१५ को चुनावमा आपले ६७ सिट जितेको थियो जसमा ६ महिला थिए । जबकि सन् २०२०को चुनावमा ६२ विधायक जित्दा आठ विधायक महिला छन् । यसका बावजुद अरविन्द केजरीवालले आफ्नो क्याबिनेटमा एक जना पनि महिलालाई स्थान दिएनन् । आपका वरिष्ठ नेताले मन्त्रिपरिषदको चयनलाई केजरीवालको निर्णय भनेका छन् ।

केजरीवालको निर्णयको विरोध
कैयौं मानिसले आतिशी मार्लेनालाई मन्त्रिपरिषदबाट छुटाएकोमा दुःख व्यक्त गरे । दिल्ली विश्वविद्यालयका शिक्षिका डा.चयनिका उनियालले यसको विरोधमा ट्वीट गरेकी छन्, ‘अरबिन्द केजरीवालजी मन्त्रालयको बाँडफाँड योग्यताको आधारमा हुने बताउँथे । के आमआद्मी पार्टीमा योग्य महिला थिएनन्, कि उनलाई महिलामा योग्यता हुन्छ भन्ने लाग्दैन ।’

सर्वोच्च अदालतका वरिष्ठ वकिल करुणा नन्दीले ट्वीटरमा लेखेका छन् ,‘अरविन्द केजरीवाल र मनीष सिसोदिया! यो निक्कै निराशाजनक कुरा हो । आतिशी मार्लेना र अन्य नेता उपलब्ध हुँदा पनि यस्तो निर्णय आउनु निकै निराशाजनक कुरा हो ।’

फिल्म निर्देशक अनुराग कश्यप, लेखक राना सफवी र कमेडियन अमित टण्डनसमेत धेरै ट्वीटर प्रयोगकर्ताले आतिशीलाई क्याबिनेटमा सामेल नगरेकोमा निराशा व्यक्त गरेका छन् ।

यस्तोमा प्रश्न उठ्छ, अरबिन्द केजरीवालले दिल्लीका विद्यालयको अवस्था सुधार गर्ने आतिशी मार्लेना वा उनीजस्तै दोस्रो महिला नेतृतलाई आफ्नो क्याबिनेटमा किन सामेल गरेका छैनन् ।

दिल्ली सरकारमा मन्त्री पदको शपथ लिएका मनीष सिसोदियाले यो मुद्दामा आफ्नो पार्टीको निर्णयको प्रतिरक्षा गर्दै भने ,‘दिल्लीका को मुख्यमन्त्री बन्ने कुरा जनताले तय गर्छन् । तर मुख्यमन्त्रीसँग को काम गर्छ भन्ने कुरा मुख्यमन्त्ती तय गर्नेछन् । यस्तोमा मुख्यमन्त्री केजरीवालले जुन मन्त्रिमण्डलबाट खुशी हुन्छन् त्यस्तै मन्त्रिमण्डल लिएर आएका छन् ।’

आम आद्मी पार्टीका नेता अंकित लालले पनि क्याबिनेटमा महिलालाई समावेश नगरिउको कुरामा पार्टीको प्रतिरक्षा गरेका छन् । अंकित लाल भन्छन् ,‘ पार्टीले मन्त्री पदमा मात्र होइन, हरेक स्तरमा महिलाको ज्यादा सहभागिता आवश्यकता छ । चुनाव जितेका सबै महिलाले आगामी दिनमा ठूलो जिम्मेबारी दिइनेछ । ’

आतिशीले किन पाइनन् मन्त्री पद ?

वरिष्ठ पत्रकार अपर्णा द्वीवेदी अरविन्द केजरीवालको यो निर्णयका लागि राजनीतिक कारणलाई जिम्मेवार मान्छिन् । उनी भन्छिन् ,‘ आमआद्मी पार्टीले महिला सुरक्षा र हिस्सेदारीको कुरा जोड दिँदै आइरहेको छ । यस्तोमा उसले मन्त्रिपरिषदमा एक जना महिलालाई ल्याउने आशा गरिएको छ । अघिल्लो पटक शिक्षा क्षेत्रमा पु¥याएको योगदानले आतिशीको नाम सबैभन्दा अगाडि थियो ।’ मन्त्रिपरिषद् विस्तारको समयमा महिला नेतृलाई क्याबिनेटमा सामेल गरिने द्वीवेदीले आसा व्यक्त गरिन् ।

राजनीतिक बाध्यता ?
समाजिक संजालमा केही मानिसले आमआद्मी पार्टी(आप)ले नयाँ शैलीको राजनीतिक गर्ने दावी गर्ने गरेकोमा अहिले भाजपा र कंग्रेजजस्तै चरित्र अंगीकार गरेको बताए । आमआद्मी पार्टीको राजनीतिलाई सुरुदेखि ख्याल गरेका वरिष्ठ पत्रकार प्रमोद जोशीले नयाँ दलबाट मात्र फरक व्यवहारको अपेक्षा गर्न नहुने मान्छन् ।

‘यस्ता अपेक्षाको कुनै औचित्य छैन किनकि अन्य राजनीतिक पार्टीजस्तै आमआद्मी पार्टी पनि एक राजनीतिक दल हो र यसले पनि अन्य दलजस्तै राजनीतिक नियम र सीमामा रहेर काम गरिरहेको छ’ उनले भने । तथापि दिल्ली चुनावको जीतमा महत्वपूर्ण भूमिका खेलेकी आतिशीलाई मन्त्रीपरिषदमा सहभागी नगराएर आपले गल्ती गरेको जोशीले बताए ।

‘पार्टीका केही शिर्ष नेतालाई व्यवस्थापन नगर्दा ती बागी हुने डरले केजरीवालले अहिले महिलालाई समावेश नगरेका हुनसक्छन् । भावी दिनमा पार्टीका उदाउदो महिलालाई समावेश गरिनुपर्छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!