भारी मतान्तरसहित नेकपाकी विद्या भट्टराई विजयी,
हिपमत डटकम
विराटनगर , मंसिर–१५ ।
कास्की २ को उपनिर्वाचनमा नेकपाकी विद्या भट्टराई विजयी भएकी छिन् । निकटतम प्रतिद्वन्दी नेपाली काङ्ग्रेसका खेमराज पौडेललाई ८ हजार बढी मतान्तरसहित पराजित गर्दै भट्टराई भएकी छिन् ।
शनिबार राति १०: ३० बजेदेखि सुरु भएको मतगणना राजनैतिक दलहरुबीच शिलबन्दी रुजुको विषयमा विवाद भएपछि १:४० मा मात्रै सुरु भएको थियो ।
यसअघिको निर्वाचनमा तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीले उनका प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका देवराज चालिसेलाई ८ हजार ५ सय ४६ मतान्तरले पराजित गरेका थिए । जितसँगै नेकपाले कास्की २ मा आफ्नो किल्ला कायम राख्न सफल भएको छ ।
व विद्यालाई बिजय भएसंगै नेपाली काङ्ग्रेसका उम्मेदवार खेमराज पौडेलले खादा ओढाएर बधाई दिएका छन् ।