हिपमत डटकम

बिहिबार, मंसिर ०९, २०७८ || 450  पटक पढिएको

दोलखा । भिमेश्वर नगरपालिका-९ रातो आहाल भन्ने स्थानबाट सिन्धुपाल्चोक लिशंखुपाखर गाउँपालिका-५ स्थित निर्धन उत्थान लघुवित्तीय संस्थाको कर्मचारी सूर्य बहादुर प्याकुरेलको साथबाट नगद ३ लाख ७६ हजार रुपैयाँ बुधबार दिउँसो लुटपाट भएको छ ।

भिमेश्वर नगरपालिका-९ झक्रिचौरमा मासिक मिटिङमा उठेको उक्त नगद लिएर बागमती प्रदेश ०२-०१८प ६५५६ नम्बरको मोटरसाइकलमा कार्यालयतर्फ जाँदै गरेको अवस्थामा ४ जना अपरिचित व्यक्तिहरुले आँखामा माटो छर्की उक्त नगद लुटी फरार भएको बताइएको छ ।

उक्त घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी खरिढुङ्गाबाट खटिएको प्रहरीले लुटपाटमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!