काठमाडौँको भृकुटीमण्डपस्थित रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पसमा अनेरास्ववियू र नेपाल विद्यार्थी संघबीच झडप भएको छ ।
नेविसंघ महामन्त्रीका दीपक भट्टराईका अनुसार आज विहान भएको झडपमा अनेरास्ववियू नेताहरुको आक्रमणबाट नेविसंघका नेताहरु आविष्कार पौडेल, कुशल बस्नेत, सुमन खड्का घाइते भएका छन् ।

साथै अनेरास्ववियूका नेताहरु सङ्गम देवकोटा, मुकेश कुँवर, धर्म न्यौपने पनि घाइते भएका छन् । उनीहरुलाई प्रहरीले पक्राउ गरेका छ । यता नेविसंघबाट पक्राउ पर्नेमा पुष्कर बास्तोला, सञ्जिव ढकाल, सुनिल शर्मा, रामजी बस्नेत, उमेश गुरुङ, विपु खड्का रहेका छन् ।

महामन्त्री भट्राइले भने, ‘सत्ताको आडमा अनेरास्ववियूसम्बद्ध विद्यार्थीहरुले नेविसंघका नेताहरुमाथि आक्रमण गरे । उनीहरुलाई सघाउँदै प्रहरी प्रशासनले पनि नेविसंघका साथीहरुलाई पक्राउ गरेको छ ।’

उनले यथाशिघ्र नेविसंघका नेताहरु रिहा नगरे देशभर नेविसंघ आन्दोलित हुने बताए । सत्ताको अडामा गरिने अनेरास्ववियूको गुण्डागर्दीविरुद्ध नेविसंघ प्रतिवादमा उत्रिने महामन्त्री भट्टराईले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!