हिपमत डटकम

बुधबार, मंसिर ०८, २०७८ || 437  पटक पढिएको

नवलपरासी(पूर्व), बिनयी त्रिबेणी गाउँपालिका-१ सानो टाडीबाट करिब १ किलो ९ सय ३२ ग्राम अवैध लागूऔषध गाँजाको धुलो सहित सोही ठाउँस्थित ससुराली घरमा बस्ने काभ्रे महाभारत गाउँपालिका-३ घर भएका २२ वर्षीय कुखाङ वाईवालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

 

ईलाका प्रहरी कार्यालय दुम्कीबासबाट खटिएको प्रहरीले उनको कोठा जाँच गर्ने क्रममा कोठामा लुकाई राखेको अवस्थामा उक्त गाँजाको धुलो सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

 

त्यसैगरी झापा, कन्काई नगरपालिका-७ बिरिङबाट ५ ग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने लिसाईलो पदार्थ सहित सोही नगरपालिका-३ बस्ने २८ वर्षीय सुप्रकाश राईलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

 

जिल्ला प्रहरी कार्यालय झापा र लागूऔषध नियन्त्रण व्यूरो काकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!