सर्लाही जिल्लामा जबर्जस्ति करणीको अवस्था र हाम्रो दायित्व विषयमा अन्तक्रिर्या कार्यक्रम आज मलंगवा स्थित महेन्द्र होटलमा सम्पन्न भएको छ ।

साथसाथ सिकाइ संजाल सर्लाही अध्यक्ष नजमा खानको अध्यक्ष तथा जिल्ला समन्वय समिती सर्लाही उपप्रमुख जमुना पराजुलीको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा प्रहरी प्रवक्त माधव बुढाथोकीले सर्लाही जिल्लामा भएको जबर्जस्ती करणी घट्नाको बारेमा जानकारी गराए ।
सर्लाहीमा बढ्दो यौन दुर्ववहारको घट्नामा राजनीतिक मिलापत्र प्रमुख कारण रहेको प्रमुख अतिथि जिल्ला समन्वय समिती उपसभापति जमुना पराजुलीले बताइन् । उहाँले कानुन बलियो भए पनि न्यायिक व्यवस्था फितलो हुँदा पिडितले न्याय पाउन नसकेको बताइन् । साथै लैगिङ्गक हिंसाको १६ दिने अभियानमा प्रत्येक पालिकाको वडामा २ वटा कार्यक्रम गर्न अनुरोध समेत गरिन ।

मलंगवा नगर प्रमुख निरसल साहले साथसाथ सिकाई संजालको साथमा रहेर मलंगवा नगरपालिका सहयोग गर्ने प्रतिबद्धता गरे । कोकैपको सहयोगमा भएको कार्यक्रममा मलंगवा नगरपालिका प्रमुख निरसल साह, उपप्रमुख सबनम मिकरानी,सहायक प्रमुख जिल्ला अधिकारी भुमेशवर पोख्रेल, सर्लाही प्रहरी प्रवक्ता डिएसपी माधव बुढाथोकी,बाल संगठनका समिमबाबु खान साथसाथ सिकाई संजालका प्रदेश कमिटी सदस्य बनिता कार्की को-कैप कार्यक्रम संयोजक अम्बिका पौडेल लगायत महिला अधिकारको क्षेत्रमा काम गर्नेहरुको सहभागिता रहेको थियो ।

पत्रकार बन्धना झाले सन्चालन गरेको कार्यक्रममा जबर्जस्ती करणीको अवस्था बारे छ्लफल अन्तक्रिर्या कार्यक्रममा सहाय प्रजिअ पोखरेल,बाल संगठन सभापति समिमबाबु खान पत्रकार महा संघ प्रदेश २कोषाध्यक्ष बिश्वानाथ ठाकुर लगायतले मन्तव्य राखेका थिए ।

पत्रकार बन्धना झाले सन्चालन गरेको कार्यक्रममा जबर्जस्ती करणीको अवस्था बारे खुल्ला छ्लफल जिल्लामा करणीको अवस्था कारण उपायको बारेमा सरोकारवालाको भूमिकाको बारेमा खुल्ला अन्तक्रिर्या गरिएको थियो ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!