सोमबार, फाल्गुण ०५, २०७६ || 846  पटक पढिएको

नेपाली लेग स्पिनर सन्दीप लामिछाने अनुबन्धित दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा किंग्स इलाभेन पञ्जावसँग खेल्ने भएको छ । लिगको १३ औं संस्करणको पहिलो खेल चैत १७ मा हुनेछ । घरेलु मैदानमा हुने खेलमा लेग स्पिनर लामिछानेले पहिलो खेलमा प्रर्दशन गर्न पाउँलान् वा नपाउँलान् अहिले नै प्रष्ट भएको छैन ।
आईपीएलको उद्घाटन भने चैत १६ मा साविक विजेता मुम्बई इन्डिन्स र चेन्नई सुपर किंग्सबीच वानखडे क्रिकेट स्टेडियममा हुने छ । दिल्ली क्यापिटल्समा सन्दीपसँगै शिखर धवन, पृथ्वी शा, श्रेयस ऐर (कप्तान), ऋषभ पन्त(विकेटकिपर), इशान्त शर्मा, अक्षर पटेल रहने छन् । त्यस्तै टिममा अमित मिश्रा, हर्ष पटेल, आवेश खान, कागिसो रबाडा, किमो पल, अजिंक्या रहाणे, रविचन्द्रन आश्विन, शिम्रन हेटमायर, जोसन रोय, क्रिस वोक्स, एलेक्स करी, मोहित शर्मा, तुषार देशपान्डे, ललित यादव, मार्कस स्टोइनिस रहेका छन् ।
यस पटक आईपीएल ५० दिन सम्म चल्ने छ । यस अघि ४४ दिन सम्म चल्ने गर्दथ्यो । लिगमा कुल ५६ खेल हुने छन् । लिगको अन्तिम खेल जेठ ४ मा बेंगलोर र मुम्बई भिड्ने छन् । फाइनल जेठ ११ मा हुने छ । यस पटक ६ आइतबार मात्रै २ खेल हुने छन् । अन्य सबै दिन १ खेल मात्रै हुने छ ।

सन्दीप सम्मिलित दिल्लीको खेलतालिका

चैत्र १७ गते दिल्लीविरुद्ध पञ्जाब (दिल्ली)
चैत २१ गते कोलकताविरुद्ध दिल्ली (कोलकता)
चैत २३ गते राजिस्थान रोयल्सविरुद्ध दिल्ली (गुवाहाटी)
चैत २८ गते दिल्ली विरुद्ध बेंगलोर (दिल्ली)
वैशाख १ गते दिल्ली विरुद्ध चेन्नई (दिल्ली)
वैशाख ७ गते दिल्लीविरुद्ध कोलकता (दिल्ली)
वैशाख १० गते बेंगलोरविरुद्ध दिल्ली (बेंगलोर)
वैशाख १४ गते हैंदराबादविरुद्ध दिल्ली (हैंदराबाद)
वैशाख १९ गते मुम्बईविरुद्ध दिल्ली (मुम्बई)
वैशाख २१ गते दिल्लीविरुद्ध हैंदराबाद ( दिल्ली)
वैशाख २४ गते दिल्ली विरुद्ध मुम्बई (दिल्ली)
वैशाख २८ गते चेन्नई विरुद्ध दिल्ली (चेन्नई)
वैशाख ३१ गते दिल्ली विरुद्ध राजिस्थान (दिल्ली)
जेठ ३ गते पञ्जावविरुद्ध दिल्ली (मोहाली)

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!