हिपमत डटकम

सोमबार, मंसिर ०६, २०७८ || 432  पटक पढिएको

बालबालिकाहरुले कानमा लगाएको करिब १ तोला ९५ लाल बराबरको ५ जोर सुनको मुन्द्रा लुटपाट गरेको अभियोगमा पोखरा महानगरपालिका-१४ बस्ने स्याङ्जा घर भएकी २४ वर्षीया अम्बिका पुलामी मगरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

विभिन्न मिति र समयमा मगरले खानेकुरा खान दिई ललाई फकाई ५ जना बालबालिकाहरुको उक्त मुन्द्रा लुटपाट गरी फरार भएको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा पोखरा महानगरपालिका-९ पृथ्वीचोकमा लुटपाट गरेको उक्त मुन्द्रा र ग.१५ प ६७८८ नम्बरको स्कुटर सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!