हिपमत डटकम

आइतबार, मंसिर ०५, २०७८ || 638  पटक पढिएको

झापाको छुट्टा छुट्टै दुई स्थानबाट प्रहरीले लागूऔषध ब्राउन सुगर सहित ३ जना पक्राउ गरिएको छ ।

हिजो बेलुका साढे ५ बजे अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले अर्जुन्धारा नगरपालिका ११ स्थित बसपार्कबाट बिर्तामोड नगरपालिका ५ का २४ बर्षीय अभिसेक राजबंशीको साथबाट ब्राउन सुगर ३ ग्राम ३३० मिलिग्राम बरामद गरिएको छ । ब्राउन सुगर बरामद भए पश्चात उनले सवार गरेको ज८प ८१३२ नम्बरको मोटरसाईकल सहित पक्राउ गरिएको हो ।

यसै गरी सोही स्थानबाट बसपार्कबाटै खटिएको प्रहरी टोलीले हिजै राती ८ बजे बसपार्क एक होटल संचालिका ताप्लेजुङ श्रृजंगा गाऊपालिका ३ की २० बर्षीया अनिसा भट्टराई र ईलाम ईलाम नगरपालिका ६ का २८ बर्षीय मनिस राईलाई ब्राउन सुगरको कारोबार गरिरहेको अबस्थामा पक्राउ गरेको हो ।

 

उनिहरुको साथबाट ब्राउन सगुर १ ग्राम २७० मिलि ग्राम बरामद गरिएको छ । पक्राउ परेका तिनैजनालाई ईलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!