हिपमत डटकम

शनिबार, मंसिर ०४, २०७८ || 379  पटक पढिएको

भक्तपुर, चाँगुनारायण नगरपालिका-६ नगरकोटबाट करिब ८ केजी ३ सय ग्राम अवैध लागूऔषध गाँजा सहित सोही ठाउँ बस्ने ६५ वर्षीया ठुली माया मोक्तान लगायत ३ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

 

पर्सा, वीरगञ्ज महानगरपालिका-१६ शंकराचार्य गेटबाट नियन्त्रित लागूऔषध नुफिन ५७ एम्पुल, फेनारगन ५७ एम्पुल, डाइजेपाम ५७ एम्पुल र ईनजेक्सन २ पिस सहित मकवानपुर हेटौंडा उपमहानगरपालिका-८ बस्ने १७ वर्षीय किशोरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

 

प्रहरी चौकी ईनर्वा र सशस्त्र प्रहरी बल बिओपी पर्साबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!