सुनसरी। नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत सुनसरी क्षेत्र नम्बर–२ प्रदेशसभा ‘ख’ को सभापति पदमा देवानगंज–१ का श्यामलाल मेहता सर्वसम्मतबाट चयन भएका छन् ।

सुनसरी क्षेत्र नम्बर–२ प्रदेशसभा ‘ख’ का सभापति पदमा साविक मध्यहर्षाहीका मेहता सर्वसम्मतबाट चयन भएका हुन् । उपसभिापति पदमा इनरुवाका चिरञ्जिवी बस्नेत र सुरेन्द्र प्रसाद यादव उर्फ श्रवण चयन भएका हुन् ।

मंसिर ३ गते प्रदेशसभाका उम्मेदवारहरुले मनोनयन दर्ता गर्ने समय तालिका प्रकाशन भएपनि नेपाली कांग्रेसका नेताहरुको अथक प्रयासपछि निर्वाचन नगरी सर्वसहमतिबाट सभापतिमा मेहता, उपसभापतिहरुमा बस्नेत र यादव चयन भएको स्थानीय संचारकर्मी जुगेश दासले जानकारी दिएका छन् ।

प्रदेशसभा ‘ख’ मा अन्य पदहरुमा समाचार तयारपारुञ्जेलसम्म सहमति भइरहेको थियो । सभापति पदका उम्मेदवारमा देवानगंजका श्यामलाल मेहता र इनरुवाका चिरञ्जिवी बस्नेतले आ–आफना प्रचार प्रसार गरेपनि मनोनयन दर्ता समयमा नेताहरुको प्रयासमा सर्वसहमतिबाट सभापतिमा मेहता र उपसभापतिमा बस्नेत चयन भएका हुन् ।

सुनसरी क्षेत्र नम्बर–२ बाट संघीय सांसद सीताराम मेहता र नेपाली कांग्रेस सुनसरीका सभापति एवं प्रदेश–१ का संसदीय दलका नेता राजिव कोइराला र इनरुवा नगरपालिकाका नगर प्रमुख राजन मेहता लगायतका नेताहरुको प्रयासमा सर्वसम्मतबाट सभापति सहित अन्य पदमा नेतृत्व चयन गरेका हुन् ।

नेपाली कांग्रेसका मुल्य मान्यता ,पद्धति र सिद्धान्तलाई कायम गर्दै सुनसरीमा सहमति,सहकार्य र एकताको सन्देश प्रवाह गर्नका लागि सुनसरी क्षेत्र नम्बर–२ प्रदेशसभा ‘ख’ मा सर्वसम्मतबाट नेतृत्व चयन गर्न सफल भएको नेताहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!