हिपमत डटकम

शुक्रबार, मंसिर ०३, २०७८ || 670  पटक पढिएको

उर्लाबारी । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन नजिकिँदै गएपछि विभिन्न पदमा नेताहरुले दावी सुरु गरेका छन् । यसैक्रममा युवा नेता आशिष कार्कील नेपाली कांग्रेस मोरंग २ को सचिवमा आफ्नो दावी प्रस्तुत गरेका छन् ।

बिगत लामो समय देखि नेपाल विधार्थी संघको स्कुल,कलेज,क्षेत्र ,जिल्ला समिति मोरङ्गमा सदस्य ,सहसचिव,उपसभापति हुँदै केन्द्रीय सदस्य सम्मको नेतृत्व समालिसकेका कार्की जनताको दुखसुखको सारथीका रुपमा चिनिन्छन् । कार्कीले तत्कालिन मोरङ्गमा १ निर्वाचित कोषाध्यक्ष र ,मोरङ्ग २ क प्रदेश क्षेत्रीय कार्यसमिति सचिवकेो जिम्मेवारी पनि कुशलताको साथ बहन गरेका थिए । त्यसैले क्षेत्रीय सविचमा उनको दावी स्वभाविक हो । उनले सबैको सहयोग पाउने विश्वास व्यक्त गरे ।

सिनीयरलाई सम्मान गर्ने र पार्टी संगठनका लागि खट्ने भएकाले कार्की सचिव बन्ने संभावना बलियो छ । युवालाई नेतृत्वमा स्थापित गर्नुपर्छ भन्ने धारणा विकसित हुँदै गएकाले पनि आशिषले अवसर पाउनुपर्ने माग स्थानीयस्तरमा बढेको छ । निरन्तर पार्टी काममा खटिएको आफ्नो दावी पुग्ने उनको भनाइ छ ।
त्यसबाहेक सामाजिक काममा पनि आशिषको सक्रियता हुँदै आएको छ । उनले समाजको भलाईका लागि सामाजिक क्षेत्रबाट महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।

आशिष सबैले रुचाएका युवा नेतामा पर्छन् । उनलाई क्षेत्रिय सचिव बनाउदा पार्टीलाई फाइदा पुग्ने काग्रेस कार्यकर्ताहरुको भनाई छ। मोरगंमा गत संघिय चुनाबमा सबै क्षेत्रमा हार बेहोरेको थियो, कांग्रेसले तर मोरगं २ मा डाक्टर मिनेन्द्र रिजालले जितेका थिए । आशिष मिनेन्द्र रिजालको सचिवालको जिम्मेवारी बहन गर्दै आएका छन्।
२०६२ ६३ को जनआन्दोलनमा पटक पटक हिरासतमा ५३ बसेको र घाईते समेत भएका आशिषले वडा अध्यक्ष क्षेत्रिय प्रतिनिधीहरुलाई भोटका लागि अपिल गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!