उदयपुरगढी गाउँपालिका-६ दनुवारबेसीस्थित सडकमा प्रदेश नम्बर २-०१-००१ त १०८३ नम्बरको ट्याक्टर अनियन्त्रित भई बिहीबार बिहान दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही गाउँपालिका-९ गैरुन बस्ने ४० वर्षीय बौका सदाको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै उक्त दुर्घटनामा घाइते भएका ट्याक्टरका चालक समेत २० जनामध्ये ३ जनाको जिल्ला अस्पताल उदयपुरमा र अन्य ८ जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।