हिपमत डटकम

बिहिबार, मंसिर ०२, २०७८ || 429  पटक पढिएको

साताको कारोबारको अन्तिम दिन (बिहीबार) सेयर बजार ओरालो लागेको छ। बिहीबार कारोबार मापन परिसूचक (नेप्से) ३२.३९ अंकले घटेर २७६९.१३ विन्दुमा पुगेको छ।

बुधबारसम्म निरन्तर उकालो लागेको सेयर बजार बिहीबार भने घटेको हो।

आज (बिहीबार) २२४ कम्पनीको ९८ लाख ६२ हजारभन्दा बढी कित्ता सेयर खरिदबिक्री भएको छ। बिहीबार ६० करोड ४४ लाख रुपैयाँभन्दा बढी रकमको खरिदबिक्रीसहित नेपाल टेलिकम अग्रस्थानमा रह्यो। यसैगरी, दोस्रो र तेस्रो स्थानमा महालक्ष्मी विकास बैंक र अपर तामाकोशी परेका छन्।

बिहीबार कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ। बुधबार ७ अर्बभन्दा माथि कारोबार भएको सेयर बजारमा बिहीबार भने ६ अर्ब २७ करोड १८ लाख रुपैयाँको कारोबार भएको छ । बिहीबार अन्य समूह बाहेक अरु सबै समूहका उपसूचकहरु ओरालो लागेको छ।

बिहीबार सबैभन्दा बढी जलविद्युत समूहको उपसूचक २.८४ प्रतिशतले ओरालो लाग्यो।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!