प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध प्रदर्शनमा उत्रिएका कानुन व्यवसायीहरुमाथि बिहीबार प्रहरीले लाठीचार्ज गरेको छ । प्रहरीको लाठीचार्जबाट घाइते भएका नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठलाई थप उपचारको लागि अस्पताल लगिएको छ । उनलाई थापाथलिस्थित् अन्नपुर्ण न्युरो अस्पताल लगिएको हो ।

त्यस्तै, घाइते भएका केन्द्रीय सदस्य प्रकाश महर्जनलाई पनि उपचारको लागि सोही अस्पताल लगिएको थियो । प्रहरीको लाठीले लागेर घाइते भएका महर्जन एकछिन बेहोस भएका थिए । पछि पानी हालेर ब्युझिएका हुन् ।

जबराको राजीनामा माग गर्दै कानुन व्यवसायीहरु आज पनि प्रर्दशनमा उत्रिएका हुन् । प्रदर्शनमा उत्रिएका वकिहरु र प्रहरीबीच धेकलाधकेल हुँदा व्यवसायीमाथि प्रहरीले लाठीचार्ज गरेको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!