हिपमत डटकम

बिहिबार, मंसिर ०२, २०७८ || 384  पटक पढिएको

मौसम पूर्वानुमान महाशाखाले आज देशमा अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको आंशिक प्रभाव रहेको जनाएको छ । जसका कारण हाल बागमती, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदुरपश्चिम प्रदेशका भूभागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ।

 

बिहीबार दिउँसो प्रदेश १, बागमती, लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका भूभागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ। भने प्रदेश १, बागमती, लुम्बिनी, गण्डकी, तथा कर्णाली प्रदेशका भूभागहरु आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ।

यसैगरी, शुक्रबार दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशका भूभागहरु सहित बागमती प्रदेश तथा प्रदेश १ का पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ । उच्च पहाडी तथा हिमाली भूभागहरुका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ। भने, राति सुदूर पश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशका भूभागहरु सहित बागमती प्रदेश तथा प्रदेश १ का पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ । उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

यस्तै, शनिबार दिउँसो बागमती, लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका भूभागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ। गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। भने, राति बागमती, लुम्बिनी, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका भू(भागहरूमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ। बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!