हिपमत डटकम

बुधबार, मंसिर ०१, २०७८ || 464  पटक पढिएको

नेपाली संगीत क्षेत्रमा निरन्तर साँढे चार दशकभन्दा लामो समयदेखि निरन्तर योगदान दिँदै आएको भन्दै बरिष्ट लोक गायिका चन्द्रकला शाह पुरस्कृत भएकी छिन् । उनलाई मँगलबार काठमाडौंमा एक समारोहबीच बरिष्ट संगीतकार तथा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति शम्भुजीत बासकोटालगायतले रु ५१ हजार रुपैयाँ नगद सहित कन्हैया सिंह राष्ट्रिय संगीतकर्मी पुरस्कार–२०७८’बाट पुरस्कृत गरेका छन् ।

पछिल्लो समय अमेरिकामा बस्दै आएका बरिष्ट संगीतकार तथा गायक कन्हैया सिंह परियारले आफ्नो ५० औं जन्म दिनको अबसर फजुल खर्च नगरी सो पैसाबाट कन्हैया सिंह राष्ट्रिय संगीतकर्मी पुरस्कार–२०७८ स्थापना गरेका थिए । उनी काठमाडौं आएको बेला सो पुरस्कार मँगलबार काठमाडौंमा बरिष्ट गायिका शाहलाई प्रदान गरिएको हो ।

सो पुरस्कार प्रदान गरेपछि समारोहलाई सम्बोधन गर्दै बरिष्ट संगीतकार शम्भुजीत बासकोटाले नेपाली लोक संगीत सृजना र भाका सँकलनमा चन्द्रकला शाहको अतुलनीय योगदान रहेको बताए । यस्ता श्रष्टालाई करारमा काम गरिरहेको बेला रेडियो नेपालले बिना कारण जागिर खोसेर बेरोजगार बनाएको बेला सिंहले आफ्नो नाममा स्थापित पुरस्कारबाट पुरस्कृत गर्नु प्रसँसनीय कार्य भएको पनि बासकोटाले बताए । यस्ता अग्रज श्रष्टालाई आउँदा दिनमा सरकारले वेवास्ता गरे पनि नीजि क्षेत्रबाट खोजी खोजी पुरस्कृत र सम्मानित गर्नु पर्ने सुझाब पनि बासकोटाले दिए ।

टिका गोपाल डिजिटल एम क्रियसनले आयोजना गरेको सो कार्यक्रममा बोल्दै सरकारले दिएको पुरस्कार भन्दा नीजि क्षेत्रबाट प्राप्त यती ठुलो रासीको पुरस्कार आफ्नोलागि अझ महत्वपूर्ण भएको गायिका चन्द्रकला शाहले बताईन् । अब यो पुरस्कारको रकमबाट धेरै समयदेखि रोकिएको आफ्ना गीतहरुको पुस्तक प्रकाशन गर्ने गायिका शाहले सो कार्यक्रममा बताईन् ।

बरिष्ट संगीतकार तथा गायक कन्हैया सिंहले चन्द्रकलाकै गीत सुनेर गायर आफ्नो बाल्यकाल बितेको बताए । यस्ता श्रष्टालाई आज आफ्नो नाममा स्थापित पुरस्कारबाट पुरस्कृत गर्न पाउँदा साह्रै खुसी लागेको उनले बताए । आफ्नो जन्म दिनको खर्च बृद्धा आश्रममा दिनु भन्दा बृद्धा संगीतकर्मीलाई केही गर्न सकौं भनेर यो पुरस्कार स्थापना गरी यो वर्षबाट प्रदान गरेको पनि उनले सो कार्यक्रममा जानकारी गराए । अब यो पुरस्कार देशका कुना काप्चामा रहेका अग्रज सँगीतकर्मीलाई आउँदा वर्षमा प्रदान गर्ने पनि उनले बताए ।

यस्तै संगीतकार सन्तोष श्रेष्ठ र गायक भिमार्जुन आचार्य, गीतकार माधवराज खरेल लगायतले गायिका चन्द्रकला शाहले नेपाली लोक संगीत क्षेत्रमा साँढे चार दशकदेखि पुर्याएको योगदानको सो क्रममा चर्चा गरे ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!