जारी नेपाली कांग्रेसको अधिवेशनका लागि प्रदेश १ स्थित सुनसरी क्षेत्र नम्बर २ बाट चुनिने खुल्ला तर्फका १० महाधिवेशन प्रतिनिधिका लागि ४० जनाभन्दा बढी उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् ।

त्यसैगरी १४ जना निर्वाचित हुने आरक्षण तर्फका महाधिवेशन प्रतिनिधिका लागि ३५ जनाभन्दा बढी उम्मेदवार चुनावी मैदानमा उत्रेका छन् । जम्मा ८७६ मत रहेको संघीय क्षेत्र २ अन्तरगत देवानगंज, गौतमपुर, इनरुवा, रामधुनी र इटहरीका गरि जम्मा ३० ओटा वडाहरु रहेका छन् । जसमध्ये देवानगंज सबैभन्दा निर्णयक क्षेत्र पालिका बन्ने देखिएको छ । यस पालिकाका ७ र हरिनगरको वडा नम्बर ३ गौतमपुरमा गरी यस क्षेत्रमा २०० मत रहेका छन् । यस क्षेत्रबाट एक मुष्ट मत पर्नेछ ।

यस क्षेत्रबाट अन्तराष्ट्रिय स्तरका चर्चित पत्रकार मध्यहर्षाहीका बिरेन्द्रकुमार मेहता (वीरेन्द्र केएम) र देवानगंज गाउँपालिका अध्यक्ष लालीप्रसाद मेहता उम्मेदवार छन् ।बढी मत पाए दुवैजना जित्नेछन् भने एक जना सक्षम युवा अनुहार र अर्को ८० वर्षीय अनुहार भएका कारण बिरेन्द्रको लोकप्रियता बढी देखिन्छ ।बिरेन्द्रलाई देवानगंज, गौतमपुर र इनरुवाका शतप्रतिशत मत पाउने अपेक्षा गरिएको छ । त्यसैगरी रामधुनी र इटहरीबाट पनि उतिकै मत पाईने अपेक्षा गरिको छ ।

त्यसैगरी महिलाकोटाबाट देवानगंजकी बिभा यादव, मुस्लिम कोटाबाट गौतमपुरका अतहर मियाँ, देवानगंजका रफुल अंसारीपनि चुनावी मैदानमा छन् ।

बिरेन्द्रको सक्षमता र लोकप्रियता :

२० वर्ष देखिको पत्रकारिताको माध्यमबाट आफ्नो पहिचान स्थापित गरेका बिरेन्द्र सुनसरीको दक्षिणी भेगका लागि भावी प्रमुख राजनीति अनुहार पनि हुन् ।उनलाई कांग्रेसका नेताहरु देवानगंजबाट श्यामलाल मेहता र इनरुवाबाट राजीव कोइराला, केदार भण्डारी र राजन मेहताले खुलेर साथ दिएका छन् ।त्यस्तै बिरेन्द्रको सिताराम मेहता र लालि मेहतासँग उतिकै नजिकता छ। यता कांग्रेसका स्थापित नामहरु गफार अन्सारी, ऎयुब अन्सारी, हेमकर्ण पौडेल लगायतका नेताहरूले उतिकै फेवर गर्छन् ।

राजनीतिमा फ्रेस र स्थापित सक्षम युवा अनुहार भएका कारणपनि सबै मतदाताले बिरेन्द्रलाई पहिलो रोजाईमा राखेका छन् ।बिरेन्द्रले सुनसरीको दक्षिणीभेगलाई हरेक त्वरबाट विकास गर्न सदैब अवाज उठाउँदै आएका छन् भने उनले धेरै कामहरु पनि गरेका छन् ।राष्ट्रियस्तरका स्थापित रिसर्चर, प्रशिक्षक, सम्पादक, लेखकको रुपमा आफ्नो बेग्लै परिचय बनाएका बिरेन्द्रले दक्षिणी भेगका लागि गरेका अहिलेसम्मका कामहरुको सुचि नै जारी गरेका थिए ।

बिरेन्द्रले सुनसरीको दक्षिणीभेगका लागि गरेका प्रमुख कार्यहरू :

१. देवानगंज पालिकामा बिरेन्द्रको प्रत्यक्ष पहलमा भारतीय दूतावास र नेपाल सरकारबाट २ थान एम्बुलेन्स आएकोएको ।

. हरिनगरामा १ थान एम्बुलेन्स आएको, महिला क्याम्पस आउने क्रममा रहेको ।

३. हरिनगर, कोशी, इनरुवा र बर्जुमा स्थानीय इतिहास सहितको पाठ्यक्रम लागु गराउँदै, पाठ्यापुस्तक तयार पार्न लागि परेका ।

४. ऎतिहासिक हुलाकी राजमार्गको धार परिवर्तनमा प्रत्यक्ष पहल गरिएका ।

५. प्रत्यक्ष पहलमा कयौं ग्रामीण सडकलाई केन्द्रिय योजनामा पारिएका ।

६. हरिनगरा उच्च मावीलाई नमुना बिधालय बनाउने प्रत्यक्ष पहल गरेका ।

७. प्रत्यक्ष पहलमा कप्तानगंज स्थिति कृष्ण मावीलाई नमुना बनाउने प्रक्रियामा पारेका ।

८. ब्यक्तिगत खर्चमा शिसुवा स्थित श्रीप्राविमा पुरस्कार अक्ष्यकोष स्थापना गराएका ।

९. हरिनगरामा स्नातक र स्नातकोत्तर क्याम्पस स्थापनाका लागि प्रक्रियामा खटिरहेका ।

१०. बिरेन्द्रको ब्यक्तिगत खर्चमा मध्यहर्षाही स्थित जनता माविमा एक लाख बराबरको २ थान कम्प्युटर प्रदान गरिएको ।

११. प्रत्यक्ष पहलमा दक्षिण भेगका एक दर्जनभन्दा बढी बिद्यार्थीलाई इन्जिनियरिङ्ग, प्राविधिक समेत उच्च तहको शिक्षामा छात्रवृत्ति दिलाईएको ।

१२. प्रत्यक्ष पहलमा दक्षिणी भेगका दर्जन बढी युवालाई नोकरी/रोजगारी दिलाईएको ।

१३. प्रधानमन्त्री कार्यालयबाट देवानगंज-हरिनगरा केन्द्रित दमकल आउनेक्रममा रहेको ।

१४. देवानगंज जस्तो ग्रामीण भेगमा पहिलोपटक सचीव स्तरीय विशिष्ट तहका प्रशासकको उपस्थितिमा भब्य कार्यक्रम गराएका ।

१५. ग्रामीणभेगका सयौं जनप्रतिनिधिलाई राष्ट्रस्तरका उच्चस्तरीय प्रशासक/विज्ञहरु मार्फत प्रशिक्षण दिलाएका

१६. राज्यस्तबाटै कटप मानिने शिशुवामा बिजुली, हेल्थपोष्ट, पुल र सडकमा प्रत्यक्ष पहल गरेका ।

१७. दक्षिणीभेगमा प्रहरी अधिकृत सहितको सुरक्षा ब्यवस्था सहित मध्यहर्षाहीमा पुलिस चौकी स्थापित गराउन प्रत्यक्ष पहल गरेर प्रक्रिया सुरु गराएका । र सिमा क्षेत्रमा सिमा सुरक्षाबलहरुको विभिन्न क्याम्पहरुको स्थापनामा प्रत्यक्ष पहल गरिएका ।

यद्यपि बिरेन्द्रले दक्षिणीभेगका लागि गरेका उक्त कार्यहरूको सुचि सार्वजनिक गर्दै उक्त कार्यहरुमा अन्य धेरै ब्यक्तिहरुको पनि साथ सहयोग सहकार्य उतिकै रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!