इलाका प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी नायव निरिक्षक विरेन्द्र महतोसहित तीनजना विरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ । महतोले नागरिकता र शैक्षिक प्रमाणपत्रमा जन्ममिति सच्चाई किर्ते गरी झुटो प्रमाणपत्र पेश गरेर नेपाल प्रहरीमा भर्ना भएको उजुरीको आधारमा अख्तियारले अनुसन्धानको लागि नियन्त्रणमा लिएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको अनुसन्धानबाट महतोले प्रहरी जवान पदमा नियुक्ति हुँदा झुठो प्रमाणपत्र पेश गरेको पुष्टि भएको हो । उनलाई कानुन बमोजिम कारवाही गर्न विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको अख्तियारका प्रवक्ता नारायण प्रसाद रिसालले जनाएका छन् ।

उनीसँगै उनको चारित्रिक प्रमाणपत्र र एसएलसीको प्रतिलिपी प्रमाणपत्र जारी गर्दा जन्ममिति सच्चाएका सरस्वती माध्यमिक विद्यालय पिपरा रौतहटका तत्कालिन प्रधानाध्यापक रविन्द्र झा र शिक्षक मुकेशकुमार सिंहविरुद्ध पनि आरोपपत्र दायर गरिएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!