हिपमत डटकम

मंगलबार, कार्तिक ३०, २०७८ || 483  पटक पढिएको

मोरङको बेलबारी नगरपालिका ५ कसेनि स्थितमा ट्याक्टर पल्टदा सवार २ जना सहचालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रंगेली नगरपालिका १ का २२ बर्षीय बिजय हेमरन र १५ बर्षीय अबिनाश मनण्डी रहेका छन् ।

हिजो बेलुका ८ बजे को २ त.८६८८ नम्बरको ट्याक्टरले ईन्द्र दर्जीको खेत जोती बाटोमा निस्कने क्रममा उक्त ट्याक्टर पल्टिदा घाईते भएका दुवै जनाको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा राती साढे १० बजे मृत्यु भएको हो ।

ट्याक्टर र चालक रंगेली नगरपालिका १ का २७ बर्षीय आईति सतार टुडु ईलाका प्रहरी कार्यालय बेलबारीको नियन्त्रणमा रहेको छ ।

घटनाको बारेमा थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!