हिपमत डटकम

सोमबार, कार्तिक २९, २०७८ || 546  पटक पढिएको

दमौली । राष्ट्रिय दलित पत्रकार संघ तनहुँले आज गण्डकी प्रदेशका विना विभागीय मन्त्री डोवाटे विक सहित विभिन्न संस्थाको नेतृत्वमा चयन भएका दलित समुदायका ब्यक्तिहरुलाई सम्मान गरेको छ । दलित समुदायको विकासमा भूमिका खेलेको भन्दै दमौलीमा दलित पत्रकार संघले उनीहरुलाई सम्मान गरेको हो । सफल कार्यकालकाको शुभकामना सहित बधाई दिन आयोजना गरिएको कार्यक्रममा मन्त्री विक सहित तनहुँ सुनचाँदी ब्यवसायी संघको नयाँ कार्यकालका लागि निर्वाचित पदाधिकारीहरु र प्रेस सेन्टर तनहुँका अध्यक्ष एसवि नेपाली सम्मानित भए ।

सुनचाँदी ब्यवसायी संघका अध्यक्ष विनोदकुमार विक विकास, उपाध्यक्ष हरि गहतराज, सचिव पदम सुनार र कोषाध्यक्ष रोहित सुनारलाई दलित पत्रकार संघले सम्मान गरेको सचिव अशोक विश्वकर्माले बताए ।

सोही अवसरमा दलित पत्रकार संघ तनहुँले स्थापना गर्न लागेको अक्षय कोषमा आर्थिक सहयोग गर्ने सुनचाँदी ब्यवसायी संघ नेपालका केन्द्रिय सदस्य कृष्ण सुनार, पत्रकार अमरराज नहर्की लगायतका दाताहरुलाई समेत सम्मान गरिएको थियो ।

कार्यक्रममा सम्मान ग्रहण गर्दै मन्त्री विकले आफुले सञ्चार माध्यामको महत्वपुर्ण साथ पाएकै कारण मन्त्री बनेको बताए । विकले देशभरका सञ्चार माध्यामले आफ्नो पक्षमा बोलेको भन्दै धन्यवाद समेत दिए । उनले गण्डकी प्रदेशमा यस अघिको सरकारले टेबुल गरेको सञ्चार विधयक पत्रकारको हितमा हुने गरि आगामी हिउँदे अधिवेशनमा पारित गर्ने तयारी भईरहेको जानकारी दिए ।.

कार्यक्रम सुनचाँदी ब्यवसायी संघ नेपालका केन्द्रिय सदस्य कृष्ण सुनार, तनहुँका अध्यक्ष विनोदकुमार विक विकास, पत्रकार महासंघ तनहुँका अध्यक्ष उज्वल पौडेल, दलित पत्रकार संघ गण्डकी प्रदेशका उपाध्यक्ष पूर्ण विक लगायतका वक्ताहरुले दलित समुदायको न्यायका लागी सम्वन्धित समुदायकै नेतृत्व आवश्यक रहेको बताएका थिए । उनीहरुले गण्डकी प्रदेश सरकारमा मन्त्री विकको नियुक्तीले सामुदायिक विकासमा टेवा पु¥याउने विस्वास ब्यक्त गरेका थिए ।

दलित पत्रकार संघ तनहुँका अध्यक्ष सन्तबहादुर नेपालीको अध्यक्षमा भएको कार्यक्रमको सञ्चालन सचिव अशोक विश्वकर्माले सञ्चालन गरेका थिए भने स्वागत कोषाध्यक्ष सर्मिला विकले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!

Fatal error: Uncaught wfWAFStorageFileException: Unable to save temporary file for atomic writing. in /home/hipamatcombirend/public_html/wp-content/plugins/wordfence/vendor/wordfence/wf-waf/src/lib/storage/file.php:34 Stack trace: #0 /home/hipamatcombirend/public_html/wp-content/plugins/wordfence/vendor/wordfence/wf-waf/src/lib/storage/file.php(658): wfWAFStorageFile::atomicFilePutContents() #1 [internal function]: wfWAFStorageFile->saveConfig() #2 {main} thrown in /home/hipamatcombirend/public_html/wp-content/plugins/wordfence/vendor/wordfence/wf-waf/src/lib/storage/file.php on line 34