हिपमत डटकम

सोमबार, कार्तिक २९, २०७८ || 525  पटक पढिएको

उम्मेदवारी घोषणा र परिचयको कार्यक्रमअन्तर्गत क्षेत्र–४ को कटहरी र विराटनगर–३ मा शनिबार र आइतबार जनु दृश्य देखियो त्यसले धेरैलाई चिन्तित बनायो । उम्मेदवारी घोषणाका लागि कांग्रेसमा महत्वपूर्ण योगदान गर्नेहरू समेत लम्बेतानको लाइनमा बसेर पालो पर्खनु प¥यो ।

आकांक्षीहरू यति धेरै भए आयोजकलाई नै वाक्क लाग्यो । ‘वास्तवमा हामीले यतिधेरै आकांक्षीको कल्पनासम्म गरेका थिएनौ’ नेका विराटनगर–३ वडा सभापति सत्रुघनचन्द्र पौडेलले भने, ‘कुल मतदाताको हाराहारीमै उम्मेदवार हुने भएपछि खै कसोरी पार्टी चलायमान र मजबुत हुनसक्छ ?’

वडा स्थानिय पालिकामात्र होइन त्यहाँबाट चुनिएका क्षेत्रीय प्रतिनिधिहरूमा समेत प्रदेश, क्षेत्र र जिल्लासहित महाधिवेशन प्रतिनिधिको निर्वाचनमा उम्मेदवार बन्ने होडबाजी देखिएको छ । यो होडबाजीले पार्टीभित्र अनुशासनहीनता बढाएको छ भने नेताहरूको आदेशसमेत आकांक्षीहरूले पालना गर्न छाडेको देखिन्छ । नेताहरू यो पृष्ठभूमिमा आफुलाई क्षेत्रीय प्रतिनिधिको आकांक्षासित सम्झौता गर्न बाध्य छन् ।
‘उम्मेदवार को भए भन्दा पनि को छैनन् भनेर खोज्नु पर्ने अवस्था आएको छ’ कांग्रेस नेतृ दुर्गा चापागाईंले भनिन, ‘यहाँ कुनै घेरा भएन, समस्या तयहाँबाट सुरु भयो, क्रियाशील कसले पाउने, कुन क्रियाशीलले क्षेत्रीय प्रतिनिधिमा उठ्न पाउने, कसले नपाउने, क्षेत्रीय प्रतिनिधि भएपछि जहाँ पायो त्यहाँ आकांक्षा राख्न रोक लगाउन नसकेकै कारण यो समस्या आएको हो ।’

पार्टीको भातृ संस्थाले पावन्दी लगाउन खोज्दासमेत त्यसको पालना भएको छैन । कतिपय सम्मानित नेताहरूले उम्मेदवार नहुन भन्दाभन्दै आफुखुसी एकलौटी तरिकाले उम्मेदवार हुने धेरै छन् । हरेक वडामा क्षेत्रीय प्रतिनिधि भारी संख्यामा निर्वाचित हुने प्रावधानले पनि समस्या देखिएको छ ।
उदाहरणको लागि विराटनगर–३ मा ७५ षेत्रीय प्रतिनिधि छन् । यसै वडाबाट २ जना क्षेत्रीय सभापतिका आकांक्षी छन् । अर्का एक आकांक्षी यसै वडामा बसे पनि उनी अर्कै वडाबाट राजनीति गर्छन् । महाविधेशन, प्रदेश प्रतिनिधिमात्र होइन क्षेत्र, जिल्लामा समेत उम्मेदवार हुने आधा भन्दा बढी देखिएका छन् ।

‘पार्टीमा उम्मेदवारका सबालमा कुनै लगाम नै भएन’ पार्टीका एक केन्द्रीय सदस्यले न्यू सृष्टि दैनिकलाई भने, ‘यसले विकृति ल्याएको छ, हरेकको चाहना र आकांक्षा बढेको छ, पुरानालाई सम्मान गर्ने र नयाँलाई माया गर्ने संस्कार देखिएन, जसरी हुन्छ उम्मेदवार हुने शैली बढ्न थाल्यो, यसले अन्तर पार्टी संघर्षमा समस्या ल्याउने निश्चित छ ।’

जानकारहरूका अनुसार कतिपय नेताहरू आफै पनि क्षेत्रीय प्रतिनिधिलाई आफु वरपर घुमिरहनु भनेर उम्मेदवार बनाएका छन् ।
उम्मेदवारको बाढीले खासगरेर सक्रिय राजनीति गर्दै आएकालाई धेरै सकस हुने देखिन्छ । पार्टीमा जिम्मेवार पदमा रहेकाहरू समेत निर्वाचनमा सुरक्षित नहुने अवस्था देखिएको छ । आश्चर्यजनक नतिजा आउने सम्भावना देखिन्छ ।

‘फलानो त्यो पदमा उठ्यो भने म किन खाली बस्ने ?’ कांग्रेसका एक युवा नेताले भने, ‘यस्तो भावना बढेको देखियो, खासगरेर अवकाश प्राप्त गरेका राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मीलगायतको पनि तिब्र आकांक्षा बढेको देखियो ।’
यो अवस्था हेर्दा कांग्रेसका लागि आउँदा दिनमा अन्तर पार्टी निर्वाचनको नतिजाबाट आउने असन्तोष अन्य दलसित भिड्नु पर्ने आगामी निर्वाचनमा विभाजनको रूप धारण गर्दैन भन्न सकिन्न ।

यो खबर न्यु सृष्टि दैनिक पत्रिकामा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!