कतै फालाफाल कतै तिब्र स्पर्धा

समाचार बन्न नसकेको समाचार

हिपमत डटकम

सोमबार, कार्तिक २९, २०७८ || 369  पटक पढिएको
तस्बिर-गुगल

एक युवा नेताले एमालेको मजदुर फाँटमा पार्टीको ७ महाधिवेशन प्रतिनिधि मजदुर फाँटबाट पठाउनुपर्ने भएकाले इच्छुकले सम्पर्क राख्नु भनेर सोसल मिडिया प्रयोग गर्दै सूचना नै जारी गरे । यो सन्दर्भ एमाले भित्रको हो । एमालेको अधिवेशन भएको कयौं वडामा थाहै भएन ।

सर्वसम्मतको नाममा अधिवेशन भएर कार्यसििमत चयन भएको कुरा आयो । माला लगाएको, अबिर दलेको तस्वीर हेर्न पाइयो ।
तर, कांग्रेसमा तिबू स्पर्धा छ । कतै (एमाले) मा फालाफालको अवस्था रहेछ अनि कतै (कांग्रेस) भित्र सरकारी कर्मचारी समेत तिब्र स्पर्धामा उत्रेका छन् विजयी हुनका लागि । कांग्रेसको अधिवेशनको राप बढिरहेको बेला को विजय हुन्छन् को पराजित हुन्छन् अहिले नै यसै भन्न सकिन्न । आउँदो २ हप्ताभित्र धेरैको राजनीतिक भाग्य निर्धारण हुनेछ ।

मैदानमा हेर्दा कुन समूह कतातिर हो, को कता लागेका छन् यसै भन्न सकिएको छैन । क्षेत्रीय प्रतिनिधिजस्तो जिम्मेवार पार्टीको कार्यकर्ता नै खुलेको अवस्था छैन । पूर्वमन्त्रीदेखि मेयर, उपमेयर, प्रभावशाली नेताहरू मैदानमा भिडिरहेका छन् । काठमाडौंमा बसेर व्यवसाय गर्दै आएकाहरू आफ्नो ठाउँ सम्झिएर मैदानमा लडिरहेका छन् ।

हरेक क्षेत्रीय प्रतिनिधि कुनै न कुनै उम्मेदवार भएर मैदानमा देखिएका छन् । यस्तो थिएन पहिले । कांग्रेस मासवेस्ड पार्टी भनिन्छ तर, अब यसलाई स्कुलिङ गराएर सांगठानिक पार्टी बनाउन कांग्रेसले आफुलाई अघि बढाउनु पर्छ । कांग्रेसभित्र विगतमा अहिलेको जस्तो कट्टरता देखिएको थिएन । युवा पुस्ता खासगरेर कम्युनिष्ट भन्दा उग्र भएका निस्किएका छन् ।

यो खबर न्यु सृष्टि दैनिक पत्रिकामा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!