हिपमत डटकम

सोमबार, कार्तिक २९, २०७८ || 561  पटक पढिएको

नेता भनेको स्पष्ट वक्तालाई भनिन्छ । संसारमा धेरै स्पष्ट वक्ता नेताहरूले आफ्नो देशलाई बनाएका छन् ।
जुन देशमा खरापात, आफ्नैसित राजनीति गर्ने नेता छन् त्यो देश, समाज बनेको इतिहास नै छैन । बरू त्यो देश र देशको समाज विग्रिएको इतिहास देखिन्छ । राजनीतिमा अरूसित भिड्नका लागि पहिले आफैमा स्वस्थ्य, सकारात्मक र मित्रतापूर्ण स्पर्धाको खाँचो हुन्छ ।
नेताहरूले कुटनीतिक कै कुरा गर्ने नै हो भने राजदूतको इच्छा राखे भैहाल्यो । कुटनीतिक क्षेत्रमा त्यो सोच सही हुनसक्छ । तर, आफुलाई नेता भन्ने कतिपयमा नेता हुने गुण नै पटक्कै छैन । उनीहरू राजदूत जस्ता छन् । खुलेर कुरै नगर्ने उनीहरूको शैलीले व्यक्तिवादी राजनीतिको सोच विकास गराएको छ ।

अरूलाई भिडाउने र आफु सुरक्षित हुने रणनीति मात्र राजनीति पक्कै होइन । राजनीति भनेको सबैलाई मिलाउने, एकतावद्ध बनाएर लिएर जाने पनि हो । सबैलाई मिलाएर हिड्न खोज्ने, उपयुक्त पात्रलाई अवसर दिने, नयाँलाई उत्साहित बनाउने, पुरानालाई सम्मान गर्दै भविष्यको पुस्तालाई अघि सार्ने रणनीति बोक्नेहरू राजनीतिमा सफल हुन्छन् । भविष्यका लागि नेतृत्वमा तयार गर्ने रणनीति बोक्ने नै असल नेता हो । तर हामीकहाँ आफै मात्र अघि बढ्ने संस्कार धेरैमा देखिएको छ । उनीहरूमा व्यक्तिवादी सोच विकास भएको छ ।

हामीकहाँ नेताहरू इच्छा नै नभएर घर बसेका व्यक्तिलाई जवरजस्ती उम्मेदवार बनाएर खेल खेल्न खोज्छन् । गुट र समूह निर्माण गरेर त्यो भूँमरीमा उनीहरूलाई पौडी खेल्न विवश बनाउँछन् । खोपीमा बसेर जसले गुलियो खाँदै अमिलो र पिरो कुरा गर्छ त्यसबाट सकारात्मक राजनीतिको आशा नगरेकै राम्रो ।

जो नेतृत्वमा जम्न खोजिरहेको छ, महिनौं, बर्षोदेखि मेहनत गरेको छ, तर उसले मेरो लाइन लिएकै छैन भन्ने आधार मात्र बनाएर फलानो उम्मेदवार भएको छ, तिमि उसको विरुद्ध खडा हौं, म सहयोग गर्छु, मेरो समूहले सहयोग गर्छ, ब्याकअप म हुँ भनेर भनिने कुरा ऊर्जाशील हुन सक्दैन ।

यसमा नेता महोदयको स्वार्थ लुकेको छ । त्यो व्यक्ति जसलाई उम्मेदवार हुन उक्साइएको छ उसले उम्मेदवारी दियो भने कार्यकर्ता भएर, भक्त भएर वरिपरि हिड्ने गर्छ । नमस्कार ठोक्छ । म त बल्ल पो नेता भए भन्ने सोच कतिपयमा छ । यो बिल्कुलै गलत कुरा हो । नेताले यो सोच राख्नु गलत हो । नेताले फरक मत राख्नेलाई पनि मिलाउन सक्नुपर्छ । आलोचकलाई समेत मिलाएर हिड्नु नै असल नेतृत्वको सफलता हो ।
अन्तर पार्टी भिडाउनेले समुल रूपमा पार्टीको हितमा के काम गर्छ ? केही पनि गर्न सक्दैन । खोपी, कोठीमा बसेर गोटी चाल्ने असल नेता होइन, जो खुलेर जनमानसमा आउँछ उसले सफल राजनीति गर्न सक्छ । पक्कै पनि खुरापात राजनीति गर्नेसित एक बेग्लै प्रकारको भजनमण्डली हुन्छ । यो भजनमण्डलीले आदेशअनुसार भजन मात्र गाउन जानेको हुन्छ ।

राजनीतिले समाजलाई रूपान्तरण गर्ने हो । सबैसित ठिक्क हुने प्रवृत्तिले पनि नेताहरूको द्धेध चरित्रलाई बाहिर ल्याएको छ । जो आयो उसैलाई लाइन दिने अनि भित्री रूपमा अर्कै सूची तयार गर्ने कार्य विगतमा पनि भएकै हुन ।

तपाईंलाई लाग्यो होला यो कसको कुरा हो ? बुझ्नेलाई इसारा काफी छ तर, बुझ्नु भएन भने स्पष्ट तरिकाले भनौं यो कांग्रेसको कुरा हो । कांग्रेसभित्र अहिले मौलाएको खुरापात राजनीतिको लहरलाई अन्त्य गर्न सकिएन भने कालान्तरमा (स्थानिय, प्रदेश र संघीय निर्वाचन) को बेलामा यसले उग्र रूप लिने निश्चित छ । वास्तवमा नेताहरूको दाधारे चरित्रका कारण कांग्रेसमा अनुशासन कमजोर भएको छ ।
जहाँ अनुशासन कमजोर हुन्छ त्यहाँ केही ठिक हुँदैन । अनुशासनमा बाँध्न नेताहरूको भूमिका महत्वपूर्ण हुन्छ तर, हामीकहाँ नेतामै अनुशासन छैन र, उनीहरू नै अनुशासन भंग गराउनेतर्फ आफुलाई केन्द्रित गर्दै राजनीतिमा मसिहा हुन खोजेका छन् ।

नेताहरूले मिलाउन चाहे धेरै कुरा मिलाउन सक्छन् । तर, उनीहरू किन मिलाउन खोज्दैनन् ? किनभने मिलायो भने उनीहरूले धमिलो माछामा राजनीति गर्न पाउँदैनन् । तल्लो तहमा भिडाउँदा नेताहरूलाई फाइदा छ । होइन ठूटे नेताहरूको बुद्धिको बिर्को कहिले खुल्छ !

यो खबर न्यु सृष्टि दैनिक पत्रिकामा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!