हिपमत डटकम

सोमबार, कार्तिक २९, २०७८ || 395  पटक पढिएको

विराटनगर। नेपाल पूर्वप्रहरी संगठन प्रदेश नम्बर १ समितिले पूर्व प्रहरीहरूको स्वास्थ्य अवस्था र संगठनको भवन निर्माणको विषयमा जिल्ला अध्यक्षहरूबीच अन्तरक्रिया सम्पन्न गरिएको छ ।

विराटनगर–१२ स्थित नेपाल पूर्वप्रहरी संगठन प्रदेश नम्बर १ समितिको सभाहलमा आयोजित कार्यक्रममा पूर्वप्रहरीहरूको स्वास्थ्य अवस्था र कार्यालयको भवन निर्माणको विषयमा छलफल गरिएको हो । पूर्व प्रहरीहरूको हकहितका लागि प्रदेश–१ का प्रत्येक जिल्लाहरूमा रहेका कार्यालयहरूको अवस्था र प्रदेश कार्यालयको भवन निर्माणको विषयमा अन्तरक्रिया गरिएको नेपाल पूर्वप्रहरी संगठन प्रदेश नम्बर १ का अध्यक्ष बाबुराम श्रेष्ठले बताए ।

उनले प्रदेश कार्यालय भवन निर्माणको विषयमा जिल्ला अध्यक्षहरूको साथ सहयोग अपरिहार्य रहेको बताए । भवन निर्माण गर्न तत्काल १५ धुर जग्गा उपलब्ध गराउने १२ नम्बर वडा सदस्य झुमा पोखरेलले प्रतिबद्धता जनाइन् । कार्यक्रममा ज्येठ नागरिक भागिरथ श्रेष्ठले कार्यक्रमको उद्घाटन गरेका थिए । समारोहमा स्थानीय समाजसेवी राजन कँडेल, जनप्रतिनिधि झुमा पोखरेल, पूर्व प्रहरी संगठनका केन्द्रीय सदस्य इन्द्रप्रसाद ओली, प्रदेश–१ का सहसंयोजक बलबहादुर श्रेष्ठ, मोरङ अध्यक्ष विन्देश्वर श्रेष्ठ, झापा अध्यक्ष देवीभक्त आचार्य, सुनसरी अध्यक्ष रामप्रसाद लामा, पाँचथर अध्यक्ष शंकर थापा, भोजपुर सचिव परशुराम कार्कीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!