मोरङ बिराटनगर महानगरपालिका १६ दरैया स्थितबाट लागूऔषध सहित एक जनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा गोर्खा सहिद गाऊपालिका ७ का २२ बर्षीय मनिष श्रेष्ठ रहेका छन् ।
आज बिहान ११ बजे ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले उनलाई नाईट्राभेट २८४ ट्याब्लेट, डाईजापाम ७७ एम्पुल, लुपिजेसिक ७७ एम्पुल र एभिल २३ एम्पुल सहित पक्राउ गरिएको हो ।
पक्राउ परेका उनको ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईहेको छ ।