हिपमत डटकम

सोमबार, कार्तिक २९, २०७८ || 608  पटक पढिएको

बिराटनगर । नेकपा एमालेको दशौं महाधिवेशनका लागि मोरङबाट पनि सर्वसहमत रुपमा प्रतिनिधि छानिएका छन् । जिल्लाका ६ वटै निर्वाचन क्षेत्रबाट सर्वसहमतिरूपमा प्रतिनिधि छानिएका छन् । दशौं महाधिवेशन प्रतिनिधिमा योगेन्द्र मंडल पनि सर्वसहमतिमा छानिएका छन् । उनी प्रदेश कमिटी सदस्य तथा जीवन विकास समाजका संस्थापक समेत हुन् ।

 

मोरङबाट ५७ जना प्रतिनिधि छानिनु पर्नेमा यसअघि १ सय ७० जनाले मनोनयन दर्ता गरेका थिए । तर, अध्यक्ष केपी शर्मा ओलीले सर्व सहमति प्रतिनिधि छान्न बढी प्राथमिकता दिएकाले आफूहरुले सर्वसहमतिमा प्रतिनिधि छानेको योगेन्द्र मंडलले जानकारी दिए ।

‘यो एकता महाधिवेशन हो भनेर अध्यक्षले भनेअनुरुप हामीले सर्वसहमत रुपमा महाधिवेशन प्रतिनिधि छानेका हौँ’ योगेन्द्र मंडलले भने , ‘यसले सकारात्मक सन्देश प्रवाह गरेको छ ।’ उनले क्षेत्र नं ५ बाट मात्र उम्मेदवारी होइन जित्ने सम्भावना पनि बढी रहेको छ । किनकी योगेन्द्र मंडलको क्षेत्र नं ५ मा पकढ राम्रो भएकोले जीत अवस्य हुनेछ स्रोतले जनाएको छ।

मोरङमा यो सहमतिमा प्रतिनिधि चयन हुनुमा विनोद ढकाल र ऋषिकेश पोखरेलको विशेष भूमिका रहेको बताइएको छ । एमाले केन्द्रीय सदस्य तथा प्रदेश एकका सचिव विनोद ढकालले सर्वसहमत प्रतिनिधि चयनका लागि एमाले नेता तथा कार्यकर्ताहरुकाे उत्साह नमर्नेगरि सहजीकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!