हिपमत डटकम

आइतबार, कार्तिक २८, २०७८ || 607  पटक पढिएको

इटहरी डिएस डिजिटल सिनेमाको व्यानरमा मोहन गमालको प्रस्तुति रहेको चलचित्र ‘रिभेन्ज’को विशेष सो इटहरीको इलाइट सिनेमामा मंसिर ४ गते मध्यान्ह १२ बजे हुने भएको छ ।

 

अमन कुमार देवको निर्माण रहेको चलचित्रमा , गगां कुबँर , रबिन श्री, विशाल अग्रवाल रेनु थापा, प्रीतिका शर्मा, रोशन विसी , अम्बिका ,पदम सुनार, पुष्पराज नेपाल खगेन्द्र घिमिरे र आर जे भिलेनको अभिनय रहेको छ । समाजमा रहेको चेलिबेटी वेचविखनको कारणबाट उत्पन्न विभिन्न आरोह अवरोहलाई चलचित्रमा मुख्य रुपमा समेटिएको छ । भारतमा बेचिएकी नेपाली चेलीले कसरी त्यहाबाट फर्किएपछी बदला लिएकी छिन भन्ने विषय बस्तुलाई चलचित्रमा देखाइएको छ ।

 

शंकर अधिकारी घायलको लेखन निर्देशन रहेको चलचित्रमा कृण्ण पाण्डेको छायांकन, देव मर्हजनको फाइट, राजन महर्जनको नृत्य, विश्वास भण्डारी र अन्जली थापाको सम्पादन रहेको छ । चलचित्रमा शंकर अधिकारी घायलले गीत लेखेका छन् । नृत्य शिवा दिपक लिम्बु र पूर्ण सापकोटाको स्वर रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!