राजिव शाह

आइतबार, कार्तिक २८, २०७८ || 615  पटक पढिएको

सर्लाहीमा प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी बन्दै छ । हर प्रहर,गाउँ र नगरी टोलटोलमा नेपाल प्रहरी समुदाय प्रहरी साझेदारी शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि सवारी दुर्घटना न्यूनीकरणका लागि इलाका प्रहरी कार्यालय हरिपुरले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक कार्यालय संग समन्वय गरि ट्राफिक नियम पालना गरी यात्रुहरुलाई जनचेतनामूलक पर्चा पम्पलेट वितरण अभियान जिल्लाव्यापी सुरु गरिएको छ ।

“तपाईंको सुरक्षा हाम्रो सरोकार ´´ अभियान अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीको अनुरोधमा मोटरसाइकल/ स्कुटर प्रयोगकर्ताहरुलाई सवारी दुर्घटनाका कारणहरु र मोटरसाइकल स्कुटर चलाउदा ध्यान दिनु पर्ने कुराहरु बारेमा जानकारी गराइएको इलका प्रहरी कार्यालय हरिपुरका प्रहरी निरीक्षक प्रहरी निरीक्षक वेद बहादुर पौडेलले जानकारी दिनुभयो ।

प्रदेश नं.२ मा प्रहरी साझेदारी कार्यक्रम सर्लाही जिल्लामा उत्कृष्ट भएको प्रहरी निरीक्षक तथा कार्यक्रम फोकल पर्सन कृष्ण गिरीले बताउनुभयो । सडक दुर्घटना न्यूनीकरण गर्ने उदेश्यले प्रहरी साझेदारी कार्यक्रम कार्तिक २६ गते बाट जिल्लाभरीका ६० वटा युनिटमा १५ दिने अभियानको रुपाम सुरु गरिएको हो ।

देश व्यापी रुपमा सुरु गरिएको अभियान सर्लाहीमा प्रहरीले सदरमुकाम मलंगवा लगायत जिल्लाका प्रमुख स्थानमा गएर सडक दुर्घटना न्यूनीकरणका सम्बन्धि जनचेतनामूलक अभियान प्रभाकारी मानिएको प्रहरीस्रोतले जानकारी दिएको छ ।

तिब्र गति ,लागु पदार्थ सेवन,बच्चाहरु खेल्ने स्थान, सिट भन्दा बढी यात्रु बोक्दा ,लाइसेन्स प्राप्त नगरेको ब्यक्तिले गाडी चलाउदा ,ट्राफिक नियम चिन्हको पालना नगर्दा, मोबाइलको फोनको प्रयोगले ,सवारीसाधन यान्त्रिक गडबडीले, सडक छेउछाउ गाइ,भैसी,रागा जथाभावी छोडदा र सडक खाल्डा खुल्डीका कारण सवारी साधन दुर्घटना बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!