हिपमत डटकम

शनिबार, कार्तिक २७, २०७८ || 1058  पटक पढिएको

नेपाली हाँस्यब्यङ्ग्य टेलिभिजन कार्यक्रहरु निर्माण तथा बिक्रि गर्ने मिडिया हव प्रा.लि. ले नयाँ सिरियल निर्माण गरेको छ । प्रत्येक साताको बिहीबार प्रशारण हुने उक्त सिरियलको नाम तगारो राखिएको छ ।

समसामयिक, सामाजिक, राजनैतिक तथा पारिवारिक कथा बस्तुमा समाबेश गरिने तगारोलाई कृष्ण लामिछानेले निर्देशन गर्नेछन् भने कृष्णलाई सरिता दुलालले लेखनमा साथ दिनेछिन् । मेरी बास्सैका निर्देशक समेत रहेका चर्चित कलाकार दमन रुपाखेती (घरज्वाई) निर्देशन सल्लाहकारका रुपमा रहनेछन् ।

सबै नयाँ कलाकार रहेको उक्त सिरियलमा कृष्ण लामिछाने, एन्जल बिएसके, आर.बि. शर्मा, ज्ञान बहादुर खड्का, निरज मोक्तान, नविन काफ्ले, प्रमिशा क्षेत्री लगायतका कलाकारहरुले अभिनय गर्नेछन् । मिडिया हवको प्रडक्सनमा तयार गरिने उक्त सिरियललाई रेशम दर्लामीले खिच्नेछन् भने रबिन भट्ट, सरिता गौतम र अशोक चौधरीले सम्पादन गर्नेछन् ।

हिजो बिहिबार पहिलो भाग सार्बजनिक गरेको तगारोले दर्शकको राम्रो प्रतिकृया पाएको छ । सबै नयाँ कलाकार समावेश भएपनि कथा बस्तु र प्रस्तुतीकरणमा भने केही नयाँ गर्न खोजिएको छ । रमाईलो चैं के भने यो सिरियलले चर्चित टेलिचलचित्र सक्किगोनी संग प्रतिस्पर्धा गर्नुपर्नेछ । एकातिर नयाँ कलाकारहरु, अर्कोतिर पछिल्लो पुस्ताका चलेका अनुहारहरु बिचको यो प्रतिस्पर्धाले तगारोलाई थोरै असर भने गर्नसक्ने देखिन्छ ।

मिडिया हवले यसअघि तितोसत्य, मेरीबास्सै, भद्रगोल, जिरे खुर्सानी, अति भो, उल्टो सुल्टो लगायतका हाँस्य टेलिचलचित्रहरु निर्माण गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!