हिपमत डटकम

शनिबार, कार्तिक २७, २०७८ || 560  पटक पढिएको

काठमाडौँ । गायक धुब्र बिस्कोको नयाँ गित सार्वजनिक भएको छ ।

“रेलै चढी जाउ” बोलको यस गित केहि समय अघि मात्र बजारमा सार्वजनिक गरिएको हो । बजारमा थुप्रै हिट गित दिन सफल गायक बिस्कोको यस गितले पनि बजार तताउने अपेक्षा गरिएको छ ।

रोम्यान्टिक मुद्रामा प्रस्तुत गरिएको गितको भिडियोले जो कोहीको पनि मन लोभ्याउछ । गितमा कलाकारहरु नयाँ अनुहारका देखिए पनि उनीहरु पनि भविष्यमा राम्रो संभावना बोकेका कलाकारहरु हुन्, भनेर सहजै अड्कलबाँजी गर्न सकिन्छ । उनीहरुको अभिनयले पनि गितको भिडियोमा अझ श्रृङगार थप्ने काम गरेको छ ।

गायक बिस्को पछिल्लो एक दशक यता सक्रिय एवं लोकप्रिय गायक हुन् । बजारमा आएका काग दाजै,टपरीमा भात, राइफलको सिरानी, व्युटि पार्लर,सिल्की कपाल लगायतका थुप्रै गितहरु उनका हिट नंम्बर मानिन्छन् ।

भर्खरै बजारमा आएको उनको पछिल्लो गित “रेलै चढी जाउ” गायक बिस्कोले अपेक्षा गरेको गित समेत हो । गितमा शव्द शारिका घिमिरेको रहेको छ भने लय तथा स्वर गायक बिस्कोकै रहेको छ । महिला आवाजमा उनलाई गायीका अनु चौधरीले आफ्नो सुमधुर स्वर मार्फत साथ दिएकी छन् ।

गितको भिडियोमा बलराम परियार,सायना श्रेष्ठ र जेरी भण्डारीको अभिनय रहेको छ । भिडियो निर्देशन भने सुरेन्द्र मल्ल ठकुरीले गरेका हुन् । गितलाई दिया प्रोडक्सन युटुब च्यानल मार्फत हेर्न सकिन्छ ।

पुरा भिडियो हेर्नुहोस्…

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!