काठमाण्डौ कार्तिक २५ – मानिसलाई खानाको परिकारमा फरक-फरक स्वादको आवस्यक परे जस्तै गीत संगीतमा पनि फरक स्वाद लिने चाहना हुने गर्दछ । कसैलाई फिल्मी गीत, कसैलाई पप तथा अन्य मन परे झैं भर्खरै मात्र एक लोक सेलो “डोको र नाम्लो बोकेर” बोलको गीत सार्बजनिक भएको छ । सेलो प्रसिद्ध लोक लय हो ।

पहाडका काखमा बस्ने तामाङ्ग, भोटे जस्ता जातिबाट विकसित हुँदै आएकाले यसलाई तामाङ्ग सेलो, भोटेसेलो पनि भनिन्छ । अहिले यो राष्ट्रिय लय भइसकेको छ ।

 

प्रस्तुत गीत आर के श्रेष्ठको प्रस्तुतिमा सार्बजनिक भएको हो । आर के श्रेष्ठ र एलिना चौहान द्वारा स्वर बद्ध गीतलाई शब्द रचना टिका भट्टराईले भरेका हुन् भने संगीत अष्ट लामाको रहेको छ । गीत निकै कर्णप्रिय बनेको छ । यस गीतको म्युजिक भिडियोमा सन्तोष मगर र माया तामाङ्गको आकर्षक अभिनय देख्न सकिन्छ ।

दिप गुरुङ्गको निर्देशन तथा कोरियोग्राफीमा तयार भएको भिडियोलाई छायांकन मधुर बस्नेत र शम्भु चालिसेले गरेका हुन् भने सम्पादन मेक बहादुर थापाले गरेका छन् । भिडियोलाई सह-निर्देशन सन्तोष मगरको रहेको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!