हिपमत डटकम

बिहिबार, कार्तिक २५, २०७८ || 472  पटक पढिएको

मकवानपुर, मनहरी गाउँपालिका-९ ज्यामिरेस्थित मनढोका खोलामा सोही ठाउँ बस्ने ६५ वर्षीय उत्तर बहादुर रुम्बा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

त्यसैगरी अछाम, रामारोशन गाउँपालिका-६ बस्ने ३० वर्षीय गगने साउद सोही ठाउँस्थित सालघारीमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । कात्तिक २१ गतेदेखि हराएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी सान्तडाबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उक्त स्थानमा उनको शव फेला परेको हो ।

त्यसैगरी बाजुरा, बुढिगंगा नगरपालिका-४ कोल्डाडा बस्ने ६२ वर्षीय केहेरे कटुवाल सोही नगरपालिका-८ रिठाबगरस्थित बुढिगंगा नदीमा बुधबार मृत अवस्थामा फेला परेका छन् । कात्तिक २२ गतेदेखि हराई बेपत्ता भएको खबर प्राप्त हुनासाथ प्रहरी चौकी टाटे बाजुराबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनको शव फेला परेको हो ।

त्यसैगरी पाल्पा, निस्दी गाउँपालिका-४ आमडाँडा बस्ने ७१ वर्षीय बिष्णु बहादुर सुनारी घर नजिकै गोरेटो बाटोबाट अन्दाजी १५ मिटर तल खोल्सामा बुधबार मृत अवस्थामा फेला परेका छन् । कात्तिक २० गते घरबाट हिँडेको र फर्की नआए पछि खोजी गर्ने क्रममा उक्त स्थानमा उनको शव फेला परेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!