हिपमत डटकम

मंगलबार, कार्तिक २३, २०७८ || 804  पटक पढिएको

राजधानी काठमाडौंलगायत देशका विभिन्न स्थानमा एकाएक चिसो बढेसँगै फ्लु, इन्फ्लुएन्जा, एचवान एन वानलगायतका विभिन्न भाइरस सक्रिय हुन थालेपछि कोभिड–१९ को संक्रमण बढ्न सक्ने चिकित्सकले बताएका छन् ।

यससँगै आउन सक्ने कोभिडको नयाँ भेरियन्ट (तेस्रो लहर) अझै घातक हुन सक्ने र आवश्यक सर्तकता अपनाउन नसकिए तेस्रो लहरबाट थप क्षति बेहोर्नुपर्ने अवस्था आउने कोभिड–१९ को ’दयगतमा अन्तर्राष्ट्रिय अध्ययन गरिररहेका डा रमेशकुमार आचार्यले जानकारी दिए ।

उनले विभिन्न युरोपियन मुलुकमा डेल्टा भेरियन्ट तीव्र गतिमा फैलिएसँगै नेपालमा नयाँ भेरियन्ट देखापर्न सक्ने बताउँदै त्यसका लागि सरकारले पूर्वतयारीस्वरूप पर्याप्त मात्रामा आइसोलेसन वार्ड र हस्पिटल बेडको व्यवस्थापन गर्नुपर्ने आवश्यकता आंैल्याए । डा आचार्यले पुनः संक्रमण बढ्दै जान सक्ने र अस्पतालमा शय्या, आईसीयू, भेन्टिलेटर र अक्सिजन कमी हुन सक्ने भएकाले स्वास्थ्य मन्त्रालयले समयमा नै उचित व्यवस्थापनमा ध्यान पुर्याउनु पर्ने सुझाव दिए ।

डा आचार्यका अनुसार आगामी पुस, माघ र फागुनमा डेल्टा र साउथ अफ्रिकन सिवान भेरियन्ट डेल्टाभन्दा संक्रामक नयाँ भेरियन्ट फैलन सक्ने र ब्रेक थ्रु इन्फेक्सन भएर भ्याक्सिनलाई छल्न सक्ने सम्भावनासमेत रहेको छ । नेपालमा हाल ८० लाखभन्दा बढी नागरिकले भ्याक्सिन लगाउनु सकारात्मक भएको र त्यसले एन्टिबडी विकास भई कोभिडसँग लड्न सक्ने क्षमताको विकास भएको डा। आचार्यको भनाइ छ ।

अन्तर्राष्ट्रिय रूपमा नै कोभिडको अध्ययन गरिररहेका डा। आचार्यका अनुसार हाल युरोपको स्पेन, नर्वे, इटली, जर्मनी, लंगजेनवर्गमा डेल्टा भेरियन्ट तीव्र गतिमा फैलिरहेकाले त्यसको असर नेपालमा पनि पर्न सक्ने देखिएको छ । यसैगरी साउथ अफ्रिकामा तेस्रो लहरको सी वान टु र सी वान भाइरस तीव्र गतिमा फैलिरहेकाले कोभिडको जोखिम यथावत् रहेको आचार्यले बताएको आजको राजधानी दैनिकमा खवर छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!