विराटनगर । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपीशर्मा ओलीले मन्त्री र राजदुतको सेटिङमा सरकार ढालेको आरोप लगएका छन् । सोमबार विराटनगरमा एमाले मोरङ जिल्ला पार्टीले आयोजना गरेको चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रममा उनले यस्तो आरोप लगएका हुन् ।

अध्यक्ष ओलीले संसद भित्रको ठूलो दललाई प्रधानमन्त्री हुन निषेध गरेर गरिएको फैसला मन्त्री र राजदुतको सेटिङ भएको आरोप लगाए ।

“न्यायालयले नै आफ्नो मर्यादा गुमाएको बताउँदै फैसला मानिदिँदा मात्रै इज्जत नबढ्ने बरु इज्जत बढ्ने फैसला गर्नुपर्ने” उनको तर्क थियो ।

उनले सर्वोच्च अदालतले राष्ट्रपतिले प्रयोग गर्ने धारा ७६(५) को अधिकार समेत खोसेको आरोप लगाउँदै संविधान विपरित काम गरेर इज्जत खोज्न नहुने जिकीर गरे ।

अध्यक्ष ओलीले काँग्रेस बाहेक अन्य दल प्रतिष्प्रर्धी समेत हुन नसक्ने भन्दै आगामी निर्वाचनमा देशलाई किनारा लगाउने तत्वहरुलाई नेकपा एमाले किनारमा पु¥याउने दावी गरे ।

उनले माओवादी अध्यक्ष प्रचण्ड र नेकपा समाजवादीका अध्यक्ष माधव नेपाल नेपाली काँग्रेसको सेवक, ढोके र हुक्के भएको अरोप लगाए । ओलीले भने “पाँच दलिय गठबन्धनबीच चुनावी तालमेल हुने कुरा संभव छैन, हुने भए काँग्रेसले भनिहाल्थ्यो नी ।”

जिल्ला पार्टी कार्यालयमा आयोजित सो कार्यक्रममा केन्द्रीय नेता, जिल्ला स्थित नेता तथा कार्यकर्ता, संगठित सदस्य, उद्योगी–व्यापारी लगायतको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!