हिपमत डटकम

सोमबार, कार्तिक २२, २०७८ || 812  पटक पढिएको

भगवान सूर्यको पूजा आराधना गरिने तराई मधेशको सबैभन्दा ठुलो पर्व छठ आजदेखि विधिवत रुपमा सुरु भएको छ। कात्तिक शुक्ल चौथीदेखि सुरु हुने र चार दिनसम्म मनाइने आस्था र विश्वासको पर्व छठ आजबाट सुरु भएको हो ।

आज कात्तिक शुक्ल चौथीको दिन नहाखाय गरी छठ व्रतालुहरूले आफूलाई शुद्धीकरण गरी घरआँगन चोख्याउने गरेसँगै छठ सुरु भएको छ। आज नयाँखाय गरेर चोखिने र मंगलबार खरना पूजा गरिनेछ भने पूजाको मुख्य दिन साँझियाँ घाट बुधबार मनाइँदैछ।

धार्मिक मान्यताअनुसार खरनाकै दिन छठ पूजाको पहिलो दिन मानिन्छ ।साँझियाँ घाट कात्तिक शुक्ल षष्ठीमा मनाइन्छ। साँझियाँ घाटको पूजामा व्रतालुहरू तयार पारिएको पूजा सामग्री डालोमा राखेर परिवारको सबै सदस्यसहित नदी,तलाउ,पोखरीलगायत स्थानमा पुगेर किनारमा मिलेर छठी माता र सूर्य देवको भजनकीर्तन गरी साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर मनाउने गरिन्छ।

छठ पर्वमा भगवान सूर्यलाई प्रसादको रुपमा ठेकुवा, भुसुवा, केरा, मिठाइ, उखु, नरिवल, पान, सुपारीलगायत प्रसादका सामग्री नयाँ माटोका भाँडो र बाँसको टोकरीमा राखेर सूर्यदेवलाई अर्पण गरिन्छ । यो पर्व एकपल्ट सुरु गरेपछि हरेक वर्ष गर्नुपर्ने हुन्छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!