हिपमत डटकम

सोमबार, कार्तिक २२, २०७८ || 339  पटक पढिएको

कैलालीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । जोशीपुर गाउँपालिका-५ मा बा०२०१५प २७३८ नम्बरको मोटसाइकल दुर्घटना हुुँदा एक जनाको मृत्युु भएको सुुदूरपश्चिमप्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

ट्राफिक प्रहरीका अनुसार दुर्घटनामा परेर लम्की चुहा नगरपालिका-७ बस्ने २५ वर्षीय नरेश रोकायाको मृत्युु भएको हो । गम्भीर घाइते भएका उनको उपचारका लागि धनगढी ल्याउने क्रममा मृत्युु भएको प्रहरीले जनाएको छ ।

 

सोही मोटरसाइकलमा सवार अन्य तीन जना समान्य घाइते भएका छन् । लम्की चुुहा नगरपालिका-७ का मोटरसाइकल चालक २५ वर्षकै अभिषेक चौधरी, २० वर्षका जीवन चौधरी र २४ वर्षीय प्रकाश चौधरी घाइते भएको प्रहरीले जनाएको छ ।

सामान्य उपचारपछि तीनै जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीव्र गतिका कारण मोटरसाइकल दुर्घटनामा परेको प्रहरीको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!