फाइल फोटो

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई तथ्यहीन उडन्ते कुरा शोभनीय नभएको बताएका छन् । उनले ट्वीटर मार्फत प्रतिक्रिया दिंदै यस्तो बताएका हुन् ।

आइतबार राजधानीमा आयोजित एक कार्यक्रमा पूर्वप्रधानमन्त्री ओलीले भट्टराईले कहाँको आम्दानीले छोरीलाई बेलायत पढाएको भनेर प्रश्न गरेका थिए ।

भट्टराईले ओलीको प्रश्नको जबाब टुवीटर मार्फत यसरी फर्काएका छन् । उनले “मित्र खड्गप्रसादजी, पूर्व प्रम जस्तो मान्छेले तथ्यहीन उडन्ते कुरा गर्नु शोभनीय भएन । हाम्री छोरी मानुषी ७ बर्षको उमेरमा जनयुद्धपूर्व २०४९–५१ मा आमा हिसिला छात्रवृत्तिमा वेलायत पढ्न गएको वेला संगै गएर संगै फर्केकी हुन् । त्यस यता उनी वेलायत गएको प्रमाणित गर्नोस् न !” लेखेका छन् ।

ओलीले “हामी बेलायत जाने भिसा पाउँदैनथ्यौं । बाबुरामका छोराछोरीले भिसा पाउँथे । कसरी होला ? के जादु होला त्यसमा भन्नुस् त ? कुन पासपोर्टबाट जानुभएको थियो ? कहाँ भिसा लगाउनुभएको थियो बाबुरामजी बताउनुस् त ? तपाईका छोराछोरीले बेलायतको शिक्षा, जहाँ कमसेकम २–४–५ लाख महिनाको खर्च हुन्छ, छोराछोरी कसरी पढाउनुभएको थियो भूमिगत हिँड्दा ? कहाँको आम्दानीले ?” भनेर प्रश्न गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!