विराटनगर । मोरङको सुनवर्षी नगरपालिकामा नवनिर्मित वडा कार्यालय सहित तीनवटा भवनको संयुक्त रुपमा उद्घाटन गरिएको छ । आइतबार एक कार्यक्रमका बीच वडा नं. ३ को कार्यालय भवन सहित आधारभुत स्वासथ्य चैकीको भवन र समुदायिक भवनको उद्घाटन गरिएको हो ।

नेपाल सरकारका रक्षा मन्त्री डा.मिनेन्द्र रिजाल, प्रदेश सभा सदस्य शिवनारायण सिंह र सुनवर्षीका मेयर काली प्रसाद दासले संयुक्त रुपमा सो भवनहरुको उद्घाटन गरेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री रिजालले सुनबर्षीको ३ नम्बर वडाले प्रतिकूल परिस्थितिका बावजुद समयमै भवन निमार्ण कार्य सम्पन्न भएको खुशी व्यक्त गरेका थिए । उनले वडा नं. ३को भवन निर्माणमा संलग्नहरुलाई धनयवाद समेत दिए । मन्त्री रिजालले यस क्षेत्रको सडक समस्या र प्रत्येक वर्ष बक्राहा नदिले हुने कटानको समस्या चाँडैनै समधान गर्ने प्रतिबद्धता जनाए ।

वडा नम्बर ३ को नव निर्मित वडा कार्यालय साबिकको वडा कार्यलयबाट १०० मिटर पुर्वमा रहेको छ । आजै देखि वडाका सम्पूर्ण सेवाहरु नव निर्मित कार्यालयबाट सूचारु गरिएको वडा अध्यक्ष टेक बहादुर बिष्टले जानकारी दिए ।

वडा कार्यालयको नया भवन निर्माणका लागि स्थानीय मनबहादुर वरालले ३ कठ्ठा र तेजबहादुर कटुवालले १ कठ्ठा जग्गा प्रदान गरेका थिए । सोही स्थानमा वडाको आफ्नै १ कठ्ठा जग्गा रहेको थियो । नयाँ वडा कार्यालय भवन जम्मा पाँच कठ्ठा जग्गामा निर्माण भएको वडा अध्यक्ष बिष्टले बताए ।

कार्यक्रममा जग्गादाता मनबहादुर वराल र तेजबहादुर कटुवाललाई सम्मान गरिएको थियो ।

नगरपालिकाले वडा कार्यालयको भवन निर्माणको लागि ५६ लाख र आधारभुत स्वासथ्य चैकीको भवन निर्माणको लागि ३६ लाख विनियोजन गरेको थियो । त्यस्तै वडा कार्यालयद्वारा विनियोजन गरिएको ६ लाख ७५ हजार तथा मन्त्री रिजालको संसदीय कोषबाट उपलब्ध गराइएको १२ लाख आर्थिक सहयोगमा सामुदायिक भवनको निर्माण कार्य सम्पन्न भएको वडा अध्यक्ष विष्टले बताए ।

वडा अध्यक्ष विष्टका अनुसार जम्मा १ करोड १० लाख ७५ हजारको लागतमा तिनवटै भवनको निर्माण कार्य सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै मेयर दासले सुनवर्षी नगरपालिकाका अन्य निर्माणाधिन रहेका वडा कार्यालय भवनहरुको निर्माण कार्य पनि छिट्टै सम्पन्न हुने बताए ।

कार्यक्रममा सामाजिक अभियन्ता दुर्गा रिजाल, नेपाली कांग्रेस मोरङका सचिव मोदराज घिमिरे, नगरपालिकाका प्रसाशकिय अधिकृत पुरुशोत्तम घिमिरे, वडा अध्यक्षहरु, दलगत प्रतिनिधि, सम्बन्धित वडाका वडा सदस्य, कर्मचारी, महिला सन्जाल, टोल बिकास समिती सदस्य तथा सामाजिक ब्यक्तित्व लगायत वडाबासीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!