काठमाडौं । नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य नारायणकाजी श्रेष्ठले राजदूत नियुक्ती गर्दा केही संख्या पार्टीहरूको भागबण्डाभन्दा छुट्टै साझा सूची बनाउनुपर्ने बताएका छन् । आइतबार फेसबूकमा एक स्टाटस लेख्दै उनले यस्तो बताएका हुन् ।

नेता श्रेष्ठले “प्रम ले ३ जनाको नियुक्ति गरिसक्नुभयो । अव बाँकी राजदूतहरु नियुक्तिको सम्बन्धमा मेरो समयमै अनुरोध छ,कम्तिमा पनि केही संख्या पार्टीहरुकै भागबण्डा भन्दा छुट्टै साझा सुची बनाऔं । अन्यथा कुनै पार्टीमा नलागेका देशभक्त ,स्वच्छ ,योग्य र प्रतिभावान व्यक्तिहरुले राष्ट्रसेवकको अवसर कहिल्यै नपाउने अबस्था बन्छ । त्यो देश र ब्यक्ति दुबैको लागि अन्याय हुन्छ ।” लेखेका छन् ।

उनले संविधान, कानुन र लोकतान्त्रिक मुल्यमान्यता विपरित नियुक्ति गरिएका असक्षम र व्यवहारबाट सरकारको प्रतिनिधित्व नगर्ने पुष्टी भएका राजदुतहरुलाई मात्र फिर्ता बोलाउनु पर्दछ उल्लेख गरेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!