काठमाडौं । नेपाली चलचित्र ‘गोर्खा वारियर–२’को लागि ३४ जना कलाकार चयन भएका छन् । एक सय भन्दा बढी कलाकारहरुले दिएको अडिसनबाट ३४ जना कलाकार चयन भएका हुन् ।
‘गोर्खा वारियर–२’का निर्माता निर्देशक मिलन चाम्स, द्धन्द्ध निर्देशक हिमाल केसी, छायाँकार सुदीप बराल, मुख्य सहायक निर्देशक गिरीराज घिमिरेको टिमले अडिसनबाट ३४ जना कलाकार चयन गरेका हुन् ।
अडिसनबाट चयान भएका ३४ कलाकार मध्ये अधिकांस कलाकार गोर्खा सैनिकको भूमिकामा देखिनेछ । छायाँकन तिहारको लगत्तै सिन्धुलीदेखि यसको छायाँकन शुरु हुने निर्माता निर्देशक चाम्सले बताए ।
चलचित्रको छायाँकन कोभिड–१९ र विभिन्न प्राविधिक कारणले यस अघि रोकिएको थियो । यस अघि सोलुखुम्बु सहित नेपालका केही स्थानमा छायाँकन गरिएको थियो ।
‘गोर्खा वारियर–२’को छायाँकन बेलायत, भारत र मलेशिया लगायतका देशमा समेत हुने निर्देशक चम्सले बताए । उनका अनुसार छायाँकनको लागि लण्डन र भारतबाट ल्याउनुपर्ने प्राविधिक उपकरण दशैं अघि नै नेपाल आईसकेको छ ।
निर्माण समुहका अनुसार यो चलचित्र लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण हुनेछ । यसमा रेविका गुरुङ, विजय लामा, रियर राई, भुवन सिंह राई, शिशिर बाङ्देल, बुद्धि तामाङ, कविता आले, बिरूप घले, सारा राई, मनोज केसी लगायतका कलाकारको अभिनय रहने छ । रितेस चाम्सले नवनायकका रूपमा यो चलचित्रबाट डेब्यु गर्दै छन् ।