हिपमत डटकम

शुक्रबार, कार्तिक १९, २०७८ || 961  पटक पढिएको

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले भाइटिकाको साइत सार्वजनिक गरेको छ । समितिले विभिन्न देशमा विभिन्न समयमा भाइटिका लगाउने साइत सार्वजनिक गरेको हो ।

समितिका सभापति प्रा.डा. माधव भट्टराई र सदस्य सचिव आचार्य सन्तोष वाशिष्ठले विज्ञप्ति सार्वजनिक गर्दै सो साइत सार्वजनिक गरेका हुन् ।

विज्ञप्ति अनुसार नेपालमा भाइटीकाको साइत ११ बजेर २ मिनेटमा उत्तम मानिएको छ । त्यस्तै भारतमा भाइटिकाको साइत ११ बजेर १७ मिनेटमा रहेको जनाइएको छ ।

त्यसैगरी अमेरिकाको न्यूयोर्कमा ११ः२५, केन्टुकीमा ११ः५५, टेक्सासमा ११ः३५ र क्यालिफोर्नियामा ११ः०५ को साइत शुभ रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!