जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता तथा प्रतिनिधी सभा सदस्य उमाकशंकर अरगरियाले पार्टी अध्यक्ष उपेन्द्र यादव माथी मत बेचेको आरोप लगाएका छन् । उनले उपेन्द्र यादवले मधेशको मत बेचेको आरोप लगाएका हुन् ।

धनुषाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अरगरियाले मधेशको समानुपातिक मतलाई काठमाडौंमा बेचेको बताए । उनले मधेशका जनताले आफ्ना प्रत्यक्ष उम्मेदबारलाई मत दिएर जिताए पनि समानुपातिक मत उपेन्द्रले बेचेको उनले बताए ।

अरगरियाले भने ‘भोट धनुषाको तर सांसद कसलाई बनायो ? राजेन्द्र श्रेष्ठ, रेणुका गुरुङ्ग, लिला सिटौलालाई यो मधेशको मत बेचिएको हो कि होइन् ?’ काठमाडौंबाट पार्टीलाई २ सय ४० मत मात्र प्राप्त भएको थियो ।

अरगरियाका अनुसार सरुवा बढुवाको नाममा रकम असुली गर्न आफ्नै छोरालाई स्वकीय सचिव राखेका थिए । उनले उपेन्द्रजी १८ महीना सरकारमा रहँदा मधेशी जनतासँग पनि रकम लिएर सरुवा बढुवा गरेको आरोप लगाए ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!