हिपमत डटकम

बुधबार, कार्तिक १७, २०७८ || 254  पटक पढिएको

विराटनगर ।  ज्यान मार्ने उद्योग मुद्धाका फरार प्रतिबादी सुनसरी धरान उपमहानगरपालिका ११ का २५ बर्षीय सन्तोष राईलाई पक्राउ गरि सम्मानित अदालतमा बुझाईएको छ ।

 

ज्यान मार्ने उद्योग मुद्धामा सम्मानित सुनसरी जिल्ला अदालतबाट मिति २०७६ फागुन १५ गतेको सजाय निर्धारण फैसला आदेशले १ बर्ष ६ महिना कैद भई लगत नं. ९४२० मा कैद बेरुजु रहि असुल गर्न बाँकी रहेका राईलाई १ नं प्रदेश प्रहरी कार्यालय, R.I.T बाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा गाउँघरमा नै लुकिछिपी बसेको अबस्थामा गत १५ गते पक्राउ गर्न सफल भएको थियो ।

पक्राउ परेका राईलाई हिजो सम्मानित सुनसरी जिल्ला अदालतबाट कैद भुक्तानको लागी कारागार चलान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!