देवानगंज । सुनसरीको देवानगंज गाउँपालिकामा शुभ दिपावली तथा लक्ष्मी पुजाको अवसरमा कलश यात्रा निकालिएको छ । वडा नं. २ स्थित बजारमा रहेको काली मन्दिरबाट सो कलश यात्रा निकालिएको हो ।
सोमबार मन्दिर परिषरबाट सो कलश यात्रा निकालिएको थियो । पाँच सय ५१ जना अविवाहित कन्याहरु नजिकैको बुढी खोला बाट जल भरेर मन्दिरमा ल्याएको मन्दिरका अध्यक्ष सन्तोष भगतले जानकारी दिए ।
भगतका अनुसार शुभ दिपावली तथा लक्ष्मी पुजाको अवसरमा प्रत्येक बर्ष निकालिने कलश यात्रा यस बर्षपनि भव्यताका साथ निकालीएको हो ।
कलश यात्रामा कार्यक्रममा गाउँपालिकाका प्रसाशकिय अधिकृत चुडामुणि गुरागाई, गाउँपालिकाकी उपाध्यक्ष पुनिता देवि यादव, नेपाली काङ्ग्रेस देवानगंजका सभापति जगधर यादव, आयुर्वेद शाखाका प्रमुख जिवछ पजियार, वडा नं.१ का अध्यक्ष सुर्यनारायण पाल, २ का अध्यक्ष मजलुम मियाँ, सशस्त्र प्रहरीबल कप्तानगञ्जका प्रहरी निरिक्षक रामचरण यादव र नाशा ईन्भेष्टमेन्ट प्रालिका प्रमुख अरबिन्द मेहता लगायत करिब १५ सय भक्तजनहरुको सहभागिता रहेको अध्यक्ष भगतले बताए ।