हेटौडा उपमहानगरपालिका-१० बासुदेव मार्गस्थित पंकज दास बानियाको हेल्थ केयर पसलमा बिजुलीको तार सर्ट भई आइतबार बिहान आगलागी हुँदा करिब १० लाख रुपैयाँ मूल्य बराबरको धनमाल जलेर नष्ट भएको छ ।
प्रहरी, स्थानीयवासी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।