हिपमत डटकम

शनिबार, कार्तिक १३, २०७८ || 531  पटक पढिएको

जनकपुरधाम। बौद्धिक पेशाकर्मी महासंघका केन्द्रिय उपाध्यक्ष जितेन्द्र कुमार यादवले बहुरुपियाहरुवाट सचेत रहन अपिल गर्नु भएको छ ।

बौद्धिक पेशाकर्मी महासंघ धनुषाले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उपाध्यक्ष यादवले मधेश जनविद्रोह लगायतका पहिचानवादी आन्दोलनहरुवाट प्राप्त उपलब्धीहरुलाई समाप्त गर्न बहुरुपियाहरु विभिन्न भेषमा मधेशमा परिचालित भएको भन्दै त्यस्ता बहुरुपियाहरु वाट सचेत हुनु पर्ने बताउनु भयो ।

जनमत र लोसपा प्रति इन्डिङ्ग गर्दै उपाध्यक्ष यादवले मधेश विद्रोहको बेला आन्दोलनका विपक्षमा रहेकाहरुले त्यहीआन्दोलनको दुहाई दिदै प्राप्त उपलब्धिहरुलाई समाप्त गर्न तल्लिन रहेको आरोप लगाउनु भयो ।

बौद्धिक पेशाकर्मी महासंघका प्रदेश सदस्य अमरेन्द्र झाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथी प्रदेश सभा सदस्य रामआशिष यादव, केन्द्रीय सदस्य डा.रामस्वार्थ राय, बेचन मुखिया, प्रदेश सदस्य शेषनारायण यादव,प्रेश मंचका उपाध्यक्ष आतिश मिश्रा लगायतका वक्ताहरुले शुभकामना मन्तब्य राखेका थिए।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!