हिपमत डटकम

शुक्रबार, कार्तिक १२, २०७८ || 729  पटक पढिएको

नेपाली मौलिक कला र सस्कृति झल्किने मौलिक सभ्यतामा आधारित गीत संगीतहरुको आफनो छुटटै विशेषता रहेको छ । नेपालीहरुको दोश्रो पर्व तिहारको अवसरमा गायक सन्तोष प्रगाढ र गायिका फुलमाया तामाङको स्वरमा रहेको ’मखमली’ गीतको भिडियो विएमवि क्रियसनको आधिकारिक युटुव मार्फत सार्वजनिक भएको छ ।

आपसमा दिदि बहिनी र दाजु भाई विचमा एकता पर्वको रुपमा र हर्षोउल्लासका साथ मनाइने दिपावली पर्वको महत्व र विशेषतालाई गीतमा समेटिएको छ । दिनेश सुवेदीको शब्द तथा सन्तोष प्रगाढको संगीत एवम एरेन्ज गीतमा छ ।

विजय जिरेलको छायाँकन , विजय राज भुर्तेलको सम्पादन तथा देव धिमालको निर्देशन भिडियोमा रहेको छ । ’मखमली’गीतको भिडियोमा सोनिया रंजित , विजय राज भुर्तेल , विकाश शर्मा , एलिसा घिमिरे र रिया श्रेष्ठको अभिनय तथा नृत्य देख्न सकिन्छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!