सामाजिक सञ्जाल फेसबुकले आफ्नो नाम परिवर्तन गरि ‘मेटा राखेको छ ।
कम्पनीले नाम परिवर्तन गरेपछि सामाजिक सञ्जाल अझ विस्तार हुने अपेक्षा गरेको छ । फेसबुक कम्पनीको नाम मात्र परिवर्तन भएको जनाइएको छ । तर, फेसबुक, इन्स्टाग्राम र वाट्स्एपको एकल नाम भने परिवर्तन नहुने भएको छ ।
फेसबुकको डकुमेन्टरहरु पूर्व कर्मचारीबाट चुहिएपछि नयाँ कदम चालिएको हो । फेसबुकका मालिक मार्क जुकनवर्गले नयाँ नाम अनलाई जगतमा मानिसहरुले खेल, काम र भर्चुअल वातावरणमा काम गर्न सक्ने योजनासँगै निर्माण गरिएको उल्लेख गरेका छन् ।